लमजुङ्ग समाज पोर्चुगलद्वारा तीज विशेष दर खाने कार्यक्रम हुदै ।

पोर्चुगल। पोर्चुगलमा एक सक्रिय संस्था लमजुङ्ग समाज पोर्चुगलद्वारा तीज विशेष दर खाने कार्यक्रम गर्ने भएको छ।

उक्त दर खाने कार्यक्रमको दिन चौथों अधिवेशन समेत घोषणा कार्यक्रम गर्नुभएको हो ।

लमजुङ बासीहरूले सुरु गरेको यस समाज पोर्चुगलमा सुख दुःखमा सक्रिय भएर लाग्ने संस्था लमजुङ समाज पोर्चुगलले यसभन्दा अघि पनि विभिन्न सांगीतिक कार्यक्रम गर्दै आइरहेको छ।

यही आउँदो अगस्ट २५ तारिख लमजुङ समाज पोर्चुगलद्वारा तीज विशेष दर खाने कार्यक्रम राधा कृष्ण मन्दिरमा हुने भएको हो ।

लमजुङ बासीहरूलाई यस कार्यक्रममा उपस्थित हुनको लागि आग्रह गरेका छ।उक्त कार्यक्रम राधा कृष्ण मन्दिरमा ४ बजेदेखि कार्यक्रम सुरु हुने भएको समाजका सचिव सुधीर भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *