मालिका सेवा समाज पोर्चुगलको दोस्रो अधिबेशन सम्पन्न

पोर्चुगल।

सेवा र सहयोग गर्ने उद्देश्य तथा बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाको बिकास र प्रवर्द्धनमा टेवा पुर्याउन कर्मथलोबाट जन्मथलो लाई जोड्ने एउटा साझा चौतारीको रुपमा पोर्चुगलमा रहेका बाग्लुङका मालिका बासिहरुले २०७७ मा पोर्चुगलमा स्थापन गरेको संस्था मालिका सेवा समाज पोर्चुगलले हिजो दोस्रो अधिबेशन सम्पन्न गरेको छ।

उक्त अधिवेशन सल्लाह र सहमतिमा नयाँ कार्यसमिति मनोनीत भएको छ ।

अधिवेशनबाट अध्यक्षमा राजु सापकोटा,उपाध्यक्षमा खेम क्षेत्री सापकोटा,महासचिवमा बिदुर सापकोटा निर्वाचित भएका छन्।

उक्त हिजो सम्पन्न अधिवेशनबाट सचीवमा सागर सापकोटा,कोषाध्यक्षमा रुद्र प्रसाद सापकोटा,सह- कोषाध्यक्षमा कृष्ण सापकोटा निर्वाचित भएका हुन्।

अधिवेशनले सदस्यहरू समेत चयन गरेका छन् सदस्यहरुमा टिकाराम सापकोटा,जीवन सापकोटा,सुनिता क्षेत्री,खिमलाल सापकोटा र कृष्ण सापकोटा रहेका छन्।

जन्मभूमिमा आपद विपद तथा समस्या पर्दा होस वा अपाङ्ग, अशाय, अशक्त, दलित, नेत्रबिहिन, आर्थिक बिपन्न परिवार, जेष्ठ नागरिक ,अभिभावक बिहिन बालबालिका तथा सम्पुर्ण बालबालिकाको लागी विभिन्न सहयोग गरि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने महान उदेश्य राखेर निर्माण भएको यस संस्थाको संस्थापक अध्यक्ष दिपक सापकोटा हुन्। उनि गैर आवासीय नेपाली संघ,क्षेत्रीय समन्वय परिषद नर्थ,पोर्चुगलको पनि संस्थापक अध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *