Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

राष्ट्रिय

एटिक इन होटल एण्ड रिसोर्ट ब्रान्ड शुभारम्भ गर्दै

काठमाडौ ।

ट्रावलिटी नेपालले एटिक इन’ होटल्स एण्ड रेसोर्ट्स ब्रान्डको शुभारम्भ गर्ने भएको छ ।भव्य कार्यक्रमका बीच भोलि होटल रायन एन्ड इभेन्ट्समा पर्यटन मन्त्रीको प्रमुख आतिथ्यतामा ब्राण्डको शुभारम्भ हुने भएको हो ।

ट्रावलिटी नेपालमा होटेलको बुकिङ र व्यवस्थापन सम्बन्धी तालिम दिने तथा व्यवस्थित डिजिटल पब्लिसिटीको काम गर्छ । अहिले एटिक इन नामको ब्राण्डलाई नेपालमा स्थापित गरेर यसको माध्यमबाट पर्यटकीय क्षेत्रको विकास गर्ने अभियानमा लागेको छ । तारे स्तरका साथै सबै खाले होटेल लाइ रिजर्भेसन सिस्टम को मध्यम बाट होटेल को अकुपेन्सी लाई बढाउने, मध्यम वर्गका होटलहरुलाई पनि एटिक इन होटल एण्ड रिजोर्डस ब्राण्डमा ल्याउने र होटलहरुलाई व्यवस्थित गर्ने लक्ष्य राखेको ट्रावलिटी नेपालका सिईओ आर्यन बास्तोलाले बताए ।

एटिक इन ब्राण्डअन्तर्गत तीनवटा सेग्मेन्ट छन् । एटिक इन एक्सप्रेस र  एटिक इन प्लस जसले

टुरिष्ट स्टेन्डर साथै सबै खालका होटलहरुको व्यवस्थापन गर्छ । यसले फ्रेन्साइजी मोडलमा नेपालका होटलहरुलाई व्यवस्थापन गर्ने, सफ्टवेर दिने सेन्ट्रल रिजरवेशन सेन्टर (सिआरएस) को माध्यमबाट होटलको बुकिङलाई बढाउने र व्यवस्थापन गर्ने साथै त्यसको मार्केटिङ गर्ने, कष्टमर सर्भिस दिने काम गर्छ ।

‘वर्तमान अवस्थामा ३५ लाख भन्दा बढी पर्यटकहरुलाई व्यवस्थापन गर्ने  सेवा दिन सक्ने मेकानिजम हुदा पनि , अहिले १०,१२ लाख मात्र पर्यटक नेपाल मा आएको अवस्था छ । यस ग्यापलाई डिजिटल माध्यमबाट व्यवस्थित गर्दै प्रविधिको प्रयोग गरि पर्यटन क्षेत्रलाई माथि उठाउन यो कम्पनीलाई हामीले लिएर आएका हौँ,’ ट्रावलिटी नेपालका स्ट्राटेजिक अफिसर सोम सापकोटाले भने ।

सँगसँगै अबको केही महिनामा बेस्टवेस्टन ब्राण्ड नेपालमा पहिलोपटक आउँदैछ । जसलाई तिलगङ्गामा रहेको  होटल राइन एण्ड इबर्डस्लाई कन्भर्ट गरेर अक्टोवरको पहिलो हप्तामा लञ्च गर्ने तयारी छ । ट्रावलिटी नेपालकै प्रयासबाट यो ब्रान  नेपाल मा आएको  हो ।फोर   स्टार प्लस लेवलका कष्टमरहरुलाई सेवा दिने हिसाबले यो नेपालमा लन्च हुन लागेको हो । यसको व्यवस्थापन पनि ट्रावलिटी नेपालले गर्ने छ।

यसरी एकपछि अर्को विश्वस्तरीय हस्पिटालिटी ब्रान्ड नेपाली बजारमा आकर्षित हुनु पर्यटकीय दृष्टिले एकदमै राम्रो कुरा हो । यसरी आएका अन्तर्राष्ट्रिय ब्राण्डहरूले संसारभर नेपाललाइ डेस्टिनेसन को रुपमा प्रमोसन गर्छन् र नेपालको पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका खेल्छन् ।

स्ट्राटेजिक अफिसर सोम सापकोटाका अनुसार एटिक इनमा जोडिने होटलहरुलाई प्रोपर्टी म्यानेजमेन्ट सिस्टम र च्यानल म्यानेजरसहितको प्रविधिद्वारा सहयोग गर्न सकिन्छ र होटेलहरुको जुन बुकिङ रेन्ज छ त्यसलाई माथि लैजान सकिन्छ । उनले भने, ‘होटेलहरुको जुन बुकिङ रेन्ज छ त्यसलाई माथि लैजान मार्केटिङ गर्छौ र नेपालका सबैखाले होटलहरुलाई प्रविधिको माध्यमबाट संसारभर पुर्याउने काम गर्छौं ।

त्यसपछि यो ब्राण्ड आएको दुई वर्षभित्र देशका पाँच ठूला शहरहरुमा यसलाई लाने विदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानी गर्न प्रेरित गरिने सापकोटाले बताए । नेपालले अपेक्षा गरेभन्दा धेरै पर्यटक ल्याउन सक्ने क्षमता छ त्यसैले प्रविधिको माध्यमबाट नेपालको पर्यटनलाई प्रवद्र्धन गर्ने यसको उद्देश्य रहेको छ ।

पर्यटनको माध्यमबाट देशको विकासका लागि चाहिने पर्याप्त स्रोत जुटाउन सकिन्छ भनेर सरकारी र निजी क्षेत्रले भन्दै आएको वर्षौं भयो । हुन पनि विश्वका अन्य विकासोन्मुख मुलुकको तुलनामा नेपाल पर्यटकीय सम्भावनाका दृष्टिले अब्बल देश हो ।

नेपाली पर्यटनको वर्तमान अवस्था सुधारोन्मुख छ, र केही वर्षदेखि अन्तर्राष्ट्रिय स्तरका विभिन्न चेन ब्राण्डहरु नेपाल भित्रिने क्रम जारी छ । यसबाट नेपालमा पर्यटनको दिगो सम्भावना छ भन्ने देखिन्छ । यिनै पर्यटकीय सम्भावनालाई विश्वसामू चिनाउने क्रममा गैरआवासीय नेपालीहरुद्वारा सञ्चालनमा आएको ट्रावलिटी नेपाल फरक ढङ्गले काम गर्ने तयारीमा छ ।

एटिक इन र बेस्ट वेस्र्टन जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रवेशले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो, र प्रविधि तथा विश्वस्तरीय सेवाहरूको माध्यमबाट देशले अझ बढी अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न सक्छ।

आधुनिक प्रविधिको प्रयोग, डिजिटल मार्केटिङ, र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्न मद्दत गर्नेछ । जसले नेपालको पर्यटन उद्योगको समग्र वृद्धिमा योगदान पुर्‍याउनेछ।

एटिक इनले विभिन्न प्रकारका पर्यटकहरूको आवश्यकता पूरा गर्न लचिलो दरहरू र सहज भुक्तानी विकल्पहरू प्रदान गर्नेछ। यसले जेष्ठ नागरिक छुट, कर्पोरेट दर र समूह बुकिङ जस्ता दर संरचनाहरू प्रस्ताव गर्नेछ । जसले होटलहरूलाई विभिन्न ग्राहक वर्गहरूलाई आकर्षित गर्न सक्षम बनाउनेछ।

ट्राभलिटी नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममामा पर्यटन मन्त्री, नेपाल पर्यटन बोर्ड, पर्यटन विभागका साथै विभिन्न पर्यटन एजेन्सीहरू, होटल सञ्चालक र सञ्चारकर्मीहरू उपस्थित हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *