प्रवास

स्क्वास खेलमा सफलता मिलेको दुई लामा

रोमानिया।

यस खेल लाई कहिलेकाहीँ स्क्वास रैकेट पनि भनिन्छ,एउटा सानो,खोक्रो रबरको बलको साथ चार पर्खालको कोर्टमा दुई (एकल) वा चार खेलाडीहरू (डबल) द्वारा खेल्ने र्याकेट र बल द्धरा खेल्ने खेल लाई स्क्वास भनिन्छ।

यस खेलमा खेलाडीहरूले वैकल्पिक रूपमा बललाई आफ्नो र्याकेटले कोर्टको चार पर्खालको खेल्न सकिने सर्त हरूमा प्रहार गर्छन्।खेलको उद्देश्य भनेको बललाई यस्तो तरिकाले हिट गर्नु हो कि विपक्षीले त्यस बल लाई  फिर्ता खेल्न सक्षम नहोस्।

विश्वभर १८५ भन्दा बढी देशहरूमा नियमित रूपमा स्क्वास खेल्ने खेल्ने करिब २० करोड मानिस हरु छन्।

स्क्वास खेल, विश्व स्क्वास महासंघ (WSF), अन्तर्राष्ट्रिय ओलम्पिक समिति (IOC) द्वारा मान्यता प्राप्त छ र यो खेल लाई पनि लस एन्जलस मा 2028 ग्रीष्मकालीन ओलम्पिकमा सुरु हुने खेलहरु मा समावेश गरिनेछ।

त्यसका लागि  प्रोफेसनल स्क्वास एसोसिएसन (PSA) ले प्रो टुरको आयोजना गर्ने छ ।यो खेल युरोपियन मुलुक हरु मा ज्वादै प्रख्यात खेलको रुपमा लिइन्छ यस खेल मा नेपालका दुई बालकहरु १४ बर्षाका मिङमार नुरु लामा र ११ बर्षाका दावा ग्याल्जेन लामाले पनि युरोपियन मुलुक रोमानिया बाट खेल्दै आइरहेको छ उनी हरुले आफ्नो अभिभावकको साथमा त्यस देशमा रहदा यस खेलको प्रशिक्षण लिने अवसर पाएका थिए।

प्रशिक्षण लिएको छोटो समय पश्चात् छोटो समय मै उनी हरुले उत्कृष्ट खेल खेल्दै आएका थिए भने विभिन्न प्रतिस्पर्धाहरु मा उत्कृष्ट खेल प्रदर्सन गर्दै पहिलो दोस्रो उपाधि समेत हात पार्दै पदक समेत जितेका छ्न उनी हरु को यो खेल प्रतिको लगाव र मेहनतले गर्दा नै रोमानिया का नेसनल स्क्वास क्लब Frderatia Romana de Sauash (FRS) मा सामेल गराइ युरोपका विभिन्न मुलुक हरुमा आयोजना हुने खेलहरु मा खेल्ने अवसर दिएका छन् ।जस अन्तर्गत उनी हरुले पोलेण्ड,ग्रीस, बुलगेरिया, क्रोसिया, इटाली यी मुलुकहरु मा आयोजना भएको खेलमा भाग लिएर खेली सकेका छन।


जसमा गत अप्रिलमा बुल्गेरेयामा सम्पन्न भएको जुनियर ओपन २०२४ को खेल प्रतिस्पर्धामा खेल्दै मिङमार नुरु लामाले तेस्रो स्थानको पदक जित्न सफल भएका छन्।

उनीहरु विभिन्न उमेर समुह अन्तर्गतका खेलहरुमा र प्रो खेलमा समेत भाग लिएर खेली सकेका छन् यो खेलका लागि अन्य विभिन्न मुलुकमा आयोजना हुने खेलहरु मा भाग लिनका लागि ठुलो मेहनत गर्नु पर्ने हुन्छ धेरै खेलाडी हारु बाट छानिएर उत्कृष्ट खेलाडीहरु लाई मात्र खेल्न जानका लागि अवसर पाउने गर्छ्न भबिस्यमा आफ्नो देश नेपालको नाम लिएर विभिन्न मुकुकमा हुने प्रतिस्पर्धाहरु मा भाग लिने उनीहरु को सोच रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *