बाढी पहिरो पीडितलाई सहयोग जुटाउन एनआरएनको आह्वान

ad1 ad1

युरोप।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले लगातारको वर्षाका कारण नेपालका विभिन्न स्थानमा आएको, बाढी, पहिरो र डुबानमा परी मानवीय क्षति भएको घटनाबाट संस्था मर्माहत बनेको विज्ञप्तिबाट जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष हेमराज शर्माले जारी गरेको विज्ञप्तिमा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै यस दुखद स्थितिमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

साथै,बाढी पहिरोबाट पीडित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी र उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारसँग आग्रह पनि गरिएको छ ।

विपदको घडीमा छिटो राहत तथा सहयोगका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषदहरुलाई अपिल गर्दै एनआरएन ईमर्जेन्सी फन्ड स्थापना गरिएको र त्यसमा सहयोग गर्न आह्वान गरिएको छ ।


हेर्नुहोस् विज्ञप्ति :

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *