माल्टा ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी माल्टाका पदाधिकारीहरू र माल्टाको राष्ट्रपति बीच ऐतिहासिक भेटवार्ता गरेका छन्।
भेटवार्तामा नेपाल र माल्टाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उदेश्यका साथ यो भेटवार्ता भएको हो ।
उक्त महत्वपूर्ण भेटवार्तामा एनआरएनए माल्टाका तर्फबाट अध्यक्ष सहित चारजना प्रतिनिधिको सहभागिता थियो।छलफलका क्रममा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने, नेपाली समुदायको कल्याण र माल्टा तथा गोजमा बस्ने नेपालीहरूको मुद्दामा गहन छलफल भएको एनआरएनए माल्टाले जानकारी दिए।
सामाजिक, सांस्कृतिक, र आर्थिक क्षेत्रमा सहकार्य गर्नका लागि नयाँ सम्भावनाहरूको खोजी गर्ने प्रतिबद्धता व्यक्त समेत गरेको बताए ।