पछिल्लो समय युरोप आउने नेपालीको सङ्ख्या बढ्दो

ad1 ad1

युरोप — पछिल्लो बर्षहरुमा भन्दा २०२० देखि यता हेर्ने हो भने युरोप आउने नेपालीहरुको सङ्ख्या बढेको पाइन्छ । उसो त खाडी मुलुक आएर पनि युरोप छिर्नेहरुको संख्या उतिकै बढेको छ । हुन त युरोप आउने नेपालीहरु मात्र उतिकै मात्रमा होइन अरु विदेशी नागरिकहरु पनि छन्। युरोपमा बस्नको लागि योग्य र सुरक्षाको हिसाबले पनि राम्रो भएकोले युरोप आउनेहरुको संख्या बढेको देख्न सकिन्छ ।

पछिल्लो बर्षहरुमा भन्दा यस बर्षमा पनि युरोपेली  मुलुक आउने नेपालीहरुको संख्या बढेको छ। युरोपको एउटा देशमा आएपछि अरु देशमा आवत-जावत गर्न सजिलो हुने भएकाले पनि युरोप सबैको रोजाइमा परेको हो ।

युरोप मात्र नभइ अष्ट्रेलिया, अमेरिक, क्यानडा जानेहरुको सङ्ख्या पनि उतिकै छ । वैदेशिक रोजगार विभागका अनुसार असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्यामा वृद्धि भएको छ। गत भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेसिएका थिए।

— पुस्तक रेग्मी

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *