प्रवास

साइप्रसमा तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम हुँदै

एलिया लिम्बु ।
साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा यही आउँदो नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ।

उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरू नेपाली तारा सिजन १ का विजेता गायक दिपक लिम्बु र रामजी खाँडले साइप्रसमा रहेका नेपाली समुदायलाई नचाउने भएका छन्।

युरोपेली मुलुक साइप्रसमा निकै सक्रिय रहेको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसले पहिलोपटक नेपालका चर्चित कलाकारहरूको साथमा तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम गर्न लागेको हो।

भान्से धमाका नाम दिएको उक्त कार्यक्रम साइप्रसको लिमासोल सहर स्थित त्रिकिस प्यालेसमा उक्त कार्यक्रम हुने भएको हो।

आयोजक अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसले साइप्रसमा रहेका सम्पूर्ण संघसंस्था तथा साइप्रसवासी नेपाली समुदायहरूलाई कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा समेत गरेको छ।

यसअघि अक्टोबर १३ तारिख हुने भनेको कार्यक्रम केही प्राविधिक त्रुटिका कारणले अहिले आउँदो नोभेम्बर १० तारिख हुने भएको हो।

साइप्रसमा दशैं तिहार विशेष साँस्कृतिक कार्यक्रम हुँदै

उक्त कार्यक्रममा नेपाली सेफहरूद्वारा निर्मित एकदमै टिपिकल नेपाली खानाको पनि व्यवस्था रहने आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *