पोर्चुगल

चितवन समाज पोर्चुगलद्वारा चियापान कार्यक्रम हुँदै ।

पुस्तक रेग्मी ।

पोर्चुगल — चितवन समाज पोर्चुगलद्वारा नेपालीहरूको महान चाड शुभ दीपावली,नेपाल सम्वत तथा छठलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको छ।

उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको एभरेस्ट जंक्शनमा हुने भएको हो।उसो त भर्खरै मात्र नयाँ कार्यसमिति बनेका चितवन समाज पोर्चुगलले यो नयाँ कार्यसमितिको पहिलो कार्यक्रम रहेको नवनिर्वाचित संस्थाका उपाध्यक्ष सुनिल वाग्लेले बताए।

उक्त कार्यक्रम अक्टोबर २९ तारिख हुने भएको हो।समाजले पोर्चुगलमा रहेका सम्पूर्ण संघसंस्था लगायत प्रतिनिधिहरुलाई कार्यक्रममा उपस्थितिका लागि समेत निमन्त्रणा गरेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *