पोर्चुगल — वैदेशिक रोजगारीको क्रममा युरोपेली मुलुक पोर्चुगल पुगेका एक नेपाली करिब छ महिनादेखि सम्पर्क विहीन भएका छन् ।
कैलालीको धनगढी स्थायी ठेगाना भएका सुरेश कुमार ओझा छ महिनादेखि पोर्चुगलमा बेपत्ता भएका हुन् । पोर्चुगलको लिस्बनबाट हराएका ओझालाई पोर्चुगलमा रहेको सुदूरपश्चिम नेपाली समाज पोर्चुगलको पहलमा होस्टेलमा राखिएको थियो र होस्टेलमा राखेको केही समयपछि नै ओझा होस्टेलबाट भागेका थिए।
होस्टेलबाट भागेको केही समयपछि उसलाई लिस्बनमै फेरि फेला पारेको थियो र उसलाई होस्टेलमा राख्न खोज्दा बस्न नमानी त्यहाँबाट भागेका थिए।त्यसपछि ओझाको खोजी कार्य जारी भइरहँदा अहिलेसम्मको केही पनि पत्ता लागेको छैन ।
पोर्चुगल लगायत छिमेकी मुलुक स्पेनमा छरेर बस्ने नेपाली समुदायलाई समेत ओझाको खोज कार्यको लागि सुदूरपश्चिम नेपाली समाज पोर्चुगलले आग्रह गरेका छन्।
यदि कसैले देख्नुभएको खण्डमा सुदूरपश्चिम नेपाली समाज पोर्चुगललाई सम्पर्क गर्नका लागि समेत आग्रह गरेका छन्।