Home Login
प्रवास

निर्वाचित नयाँ कार्यसमितिको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

पोर्चुगल — नेपाल प्रेस युनियन युरोपको गत १४ जुलाईमा सम्पन्न भएको प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतवार (जुम मार्फत्) सम्पन्न भएको छ।

नेपाल प्रेस युनियन युरोपका संस्थापक संयोजक सञ्जयभक्त कँडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रेस युनियन युरोपका संस्थापक सबिना श्रेष्ठले दिएकी थिइन् भने कार्यक्रममा उपस्थित भएका अतिथिहरूले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य दिएका थिए।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्याल रहेका थिए। त्यस्तै विशिष्ट अतिथिहरुमा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल,निर्वाचन समितिका संयोजक एवं कांग्रेस नेता आरके त्रिपाठीको कार्यक्रममा उपस्थिति रहेको थियो।


अतिथिहरुमा भने केन्द्रीय प्रतिनिधि एवं नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव युवराज गौतम, नेपाल प्रेस युनियन युरोपका सल्लाहकार एवं वरिष्ठ पत्रकार भागीरथ योगी,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीपक भण्डारी, नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौला,नेपाल प्रेस युनियन पोर्चुगलका संयोजक एवं नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष बासुदेब सत्यालको उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष सञ्जयभक्त कँडेलले कार्यक्रममा बोल्दै युरोपमा रहेका विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।कार्यक्रमको सञ्चालन भने उपाध्यक्ष भरत प्रधानले गरेका थिए।

नयाँ कार्यसमितिहरुमा अध्यक्ष संजयभक्त कंडेल,वरिष्ठ उपाध्यक्ष सिदार्थविक्रम क्षेत्री,उपाध्यक्ष भरत प्रधान,उपाध्यक्ष सबिना श्रेष्ठ,उपाध्यक्ष बिकाश लम्साल,
महासचिव प्रबल भट्टराई,उप – महासचिव प्रतिक लामिछाने,सचिव मिलन शर्मा,कोषाध्यक्ष  सुजन पराजुली र सदस्यहरुमा कञ्चन प्रसाई,आशिष बस्नेत,विजय शर्मा,पुस्तक रेग्मी,रोहन बानिया,नवराज काफ्ले,हरिप्रसाद पाण्डे र चक्र गुरुङ्ग रहेका छन् ।

Leave a Reply