बेल्जियम

राजदूत राज भण्डारीको विदाई र बाग्लुंगका मेयर श्रेष्ठको सम्मान

बागलुड समाज बेल्जियमको आयोजनामा १७ नोभेम्वर २०२४ का दिन लुभेनमा आफनो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएका बेल्जियमका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभण्डारीको विदाई कार्यक्रम सम्पन्न भयो ।

त्यसैगरी यूरोप भ्रमणमा रहनु भएका बागलुड. नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठको स्वागत तथा सम्मानमा एक कार्यक्रम समेत सम्पन्न भयो ।

बेल्जियम स्थित वैचारिक तथा सामाजिक सँस्थाका प्रमुख र प्रतिनिधिहरु क्रमशः व्यवसायी सँघका अध्यक्ष चिरन खवास, समाजका निवर्तमान अध्यक्ष गँगा शर्मा, शेर्पा किदूक अध्यक्ष पी.डी. शेर्पा, सँघीय समाजका अध्यक्ष नेत्र मगर, प्रवासी नेपाली मँचका अध्यक्ष विनोद न्यौपाने, पूर्व अध्यक्ष बोधराज पौडेल, जनसम्पर्क समितिका अध्यक्ष सुवास गुरुड,पत्रकार दिल निशानी मगर, एनआरएन बेल्जियम महासचिव रुविना शर्मा, एनआरएन बेल्जियम पूर्व अध्यक्ष खडक के.सी, जनप्रगतिशील मँच यूरोप अध्यक्ष चित्र सुवेदी, विश्व मगर महासँघ अध्यक्ष लोक राना, एनआरएन अभियन्ता तथा समाजका सँरक्षक गँगाधर गौतमले मन्तव्य सहित महामहिमको हार्दिकतापूर्ण विदाई र मेयर श्रेष्ठ तथा बानपाका कार्यकारी अधिकृत हरिदत्त कँडेल र अधिकृत दिनेश जिसीको स्वागत गर्नु भएको थियो ।

सो अवसरमा महामहिम राजदूत तथा मेयर श्रेष्ठले पनि समसामयिक विषयमा मन्तव्य राख्नु भयो ।

छोटो सूचनामा पनि कार्यक्रममा सहभागिता जनाई सफल तुल्याईदिनु भएकोमा बेल्जियम स्थित सँघ सँस्था तथा समस्त स्थानीय नेपाली समुदायमा बागलुड समाज बेल्जियम हार्दिक आभार सहित धन्यवाद प्रकट गरेको छ।

बागलुड समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्तको अध्यक्षतामा सम्पन्व कार्यक्रमको सन्चालन महासचिव प्रभात पौडेलले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *