सन् २०३४ को विश्वकप साउदी अरेबियाले आयोजना गर्ने

ad1 ad1

पोर्चुगल सन् २०३४ विश्वकप फूटबलको आयोजना गर्ने अधिकार खाडी राष्ट्र साउदी अरेबियाले पाएको छ ।

अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)ले बुधबार राति साउदी अरेबिया आयोजक भएको आधिकारिक घोषणा गरेको हो ।

यसअघि अन्तिम प्रतिस्पर्धामा अष्ट्रेलियाले नाम झिकेपछि साउदी अरेबिया एक्लो दाबेदार भएको थियो। अहिले उसलाई आधिकारिक रुपमै आयोजक घोषणा गरिएको हो ।

साथै सन् २०३० को फिफा विश्वकपको आयोजक राष्ट्रको नाम पनि घोषणा गरिएको छ । स्पेन, पोर्चुगल र मोरक्कोलाई सन् २०३० को विश्वकपको संयुक्त आयोजनाको अधिकार दिइएको छ ।

विश्वकप फुटबलको १०० वर्ष पूरा भएको स्मरणमा सन् २०३० को विश्वकपका तीन खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि खेलाइने भएको छ ।

सन् २०२२ मा अर्को खाडी राष्ट्र कतारमा फिफा विश्वकप आयोजना भएको थियो ।यस विश्वकपको फाइनल खेलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो ।

यस विश्वकपको समूह चरणको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई हराएर सनसनी मच्चाएको थियो ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *