दीपक भण्डारी ।
लिस्बोन ३० मङ्सिर । फुटबलको राजा मानिने रोनाल्डोको देश भनेर चिनिने युरोपको पोर्चुगलमा नेपालीहरुको फुटबल आकर्षण बढ्दो छ ।
पोर्चुगलको बेजा जिल्ला अन्तर्गत सान्तो तोनियामा आयोजित फुटबल खेलमा नेपालीहरुको मात्रै १३ टिम सहभागी रहेको आयोजक सस्था ग्रेब जबका सन्चालक सुबास पाण्डेले बताउनु भयो ।
खासगरी नेपाली युवाहरुको आकर्षणको केन्द्र पोर्चुगलमा रहेका सम्पुर्ण युवाहरुलाई खेलको माध्यमबाट गोलबन्द गर्ने उदेश्यले खेल सन्चालन गरिएको पाण्डेले बताउनु भयो ।
पछिल्लो समयमा नेपाली एजेन्सिको रुपमा स्थापित ग्रेब जबले आयोजना गरेको उक्त खेलमा प्रथम हुनेलाई ३ हजार युरो अर्थात झन्डै चार लाख भन्दा धेरै प्रदान गरिने छ भने दोस्रो हुनेलाई दुइलाख भन्दा धेरैको पुरस्कार राशी राखिएको सस्थाले जनाएको छ ।
एजेन्सीले हरेक बर्ष पाँच सय भन्दा धेरै नेपाली युवाहरुलाई रोजगारी दिदै आएको छ ।
यस क्षेत्रमा हुने खेलहरुमा नेपालीहरुको राम्रै उपस्तिथि हुन्छ तर बिशुद्द नेपालीहरुकै खेलको रुपमा ग्रेब जबले आयोजना गरेको यो खेललाई लिन सकिन्छ यो खेलले नेपालिहरुको भाईचारामा टेवा पुगेको छ । लामो समय देखि सान्तो तोनियामा बस्दै आउनु भएका फनिण्द्र ठकुरीको धारणा छ ।
त्यस्तै नेपालिहरु सङ्ग धेरै किसिमको प्रतिभा छ अबसर पाउने होभने कुनै कुरा मा पछि परिदैन , नेपाली दाजुभाइ सङ्ग चिनापरिचय सुख दुख साटासाट गर्ने अबसर मिल्ने । यस्तो किसिमको खेलहरुको हरेक बर्ष आयोजना भइ दिए राम्रो हुने प्रबिण शाहीले बताउनु भयो ।