प्रवास

घुम्ती शिविरबाट माल्टामा दुई दिनमा ३ सय ९० जनाले सेवा लिए

माल्टा — राहदानी लगायतका कागजात सम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन माल्टामा शनिवार देखि घुम्ती सेवा शिविर सञ्चालन भएको छ ।

शनिबार देखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको कार्यालयमा सुरु भएको घुम्ती सेवा शिविरको दुई दिनमा राहदानी र कन्सुलर सेवा गरि ३ सय ९० जना नेपालीले सेवा लिएको छन्।

स्पेनमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत यज्ञराज पौड्यालको नेतृत्वमा आएको टोलीले शनिवार देखि सेवा प्रदान गरिरहेको छ।

डिसेम्बर १४ तारीख देखि सुरु भएको राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवा डिसेम्बर १८ तारीख सम्म संचालन हुने एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताए।

राहदानी नवीकरण लगायत विभिन्न कागजी कामहरू स्पेनमा जानको लागि झन्झट हुने समस्यालाई समाधान भएको र घुम्ती कन्सुलर सेवा माल्टामै आएर सेवा दिएकोमा सर्वसाधारणहरू पनि खुसी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *