Home Login
प्रवास

साइप्रसमा मनाइयो चासोक तङनाम

एलिया लिम्बु ।

साइप्रस— किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा चासोक तङ्नाम येले तङ्बे ५०८४ शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष चुमन्ता तुम्बापो लिम्बूको सभापतित्व र प्रमुख अतिथि डीएसपी रबिन्द्र मान गुरूङको प्रमुख अतिथिको आतिथ्यता तथा बिशेष अतिथि प्रहरी इनिस्पेक्टर हेम बस्नेतको आतिथ्यतामा लिमासोलको ब्रिटानिय म्युजिक हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।उक्त कार्यक्रमको उदघाटन कार्यक्रमका सभापति ,प्रमुख अतिथि,विशेष अतिथिहरुले दिप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका थिए।

कार्यक्रममा पुजा संस्थाका सल्लाहकार शान्ता लिम्बू र कार्यसमिति सदस्य मनमाया काङ्बा लिम्बूले गरेका थिए भने कार्यक्रमा स्वगत मन्तव्य साथै चासोक तङ्नामको बारेमा संस्थाका प्रथम उपाध्यक्ष सन्तोष कन्दङ्वाले गरेका थिए।

कार्यक्रममा साइप्रसमा रहेका विभिन्न जातिय संस्थाहरू बाट आफ्नो मैलिक झाकी नृत्यहरू साथै या लाङ् (धान नाच) के लाङ् (च्याब्रुङ नाच) हरू प्रदर्शन समेत गरिएको थियो।

कार्यक्रमका लागि युकेबाट आएका नरेश तुम्बाहाङ्फे (फुर्के लाउरे ) को गायन प्रस्तुति रहेको थियो भने साइप्रसमै रहेका स्थानीय कलाकारहरू सनि राई, समिर क्षेत्रीले पनि आफ्नो प्रस्तुति राखेका थिए।


त्यस्तै नृत्यमा भने अपु लिम्बू,पबित्र कुलुङ राइ,ममता थलङ लिम्बू,स्वस्ती चौधरी ,सुनिता दराइको प्रस्तुति रहेको थियो।

कार्यक्रममा मौलिक झाकि नृत्य किरात राइ यायोक्खा साइप्रसको साकेला ,तमु समाज साइप्रसको तमु नृत्य,शेर्पा किदुग साइप्रसको शेर्पा नृत्य, सुदूरपश्चिम नेपाली समाज साइप्रसको देउडा नृत्यको प्रस्तुति रहेको थियो।

प्राविधिकमा साथ दिनु हुने विकास श्रेष्ठ ,कार्यक्रमा मिडिया कर्मि फोटो ग्राफर साइप्रस नेपाल डट.कम बाट समिम मिया ,युरो गतिविधि बाट प्रकाश बराइली ,सेन्फो टिभि बाट आत्मा धोज तथा कार्यक्रमलाई भव्यताको साथ सफल पर्न आर्थिक सहयोग गर्नु हुने विभिन्न संघ संस्थाहरुलाई आयोजकले धन्यवाद समेत व्यक्त गरेका छ।

औपचारिक कार्यक्रम संस्थाका सचिव रेश्मा लिम्बुले र अनौपचारिक कार्यक्रम एलिया लिम्बुले गरेका थिए।

कार्यक्रमका तस्बिरहरू : 

 

Leave a Reply