पोर्चुगल

पोर्चुगलमा मनाइयो चासोक तङनाम

युरोपाटी संवाददाता ।

पोर्चुगल— लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८४ लाई  मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलद्वारा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ।

पोर्चुगलको राजधानी लिस्बोन स्थित सिटि वोकमुन्दोमा  १६ डिसेम्बर सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रुकमान केरुङको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगरको प्रमुख अतिथि तथा विशेष अतिथिहरुमा गैर आवासिय नेपाली संघ युरोप क्षेत्रीय उप संयोजक रोबर्ट लिम्बू ,नेप्लिज वुमेन एसोसिएसनका पोर्चुगलका अध्यक्ष, जन सम्पर्क समिति सभापति, प्रवासी नेपाली मन्च अध्यक्ष लगायत अन्य संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथिबाट दिप प्रज्वलन गरि  सुरुवात गरेको कार्यक्रममा कियाचु पोर्चुगलका सदस्य सुरेश फोम्बोले कार्यक्रम संञ्चालन गरेका थिए।

चासोक तङनाम बारेमा खुलेर कियाचु पोर्चुगलका निवर्तमान अध्यक्ष प्रेमचन्द्र निङ्लेखुले प्रकाश पारेका थिए।

कियाचु पोर्चुगलका प्रमुख सल्लाहकार तथा सल्लाहकारद्वय दिपा लिबाङ र रोबर्ट लिम्बूका बुबा आमालाई लाम्दाक (स्वागत) समेत गरिएको थियो।

त्यस्तै संस्थामा अभिभावकको रुपमा चार जना सल्लाहकारहरु याद बहादुर लिम्बू,भिम लिम्बू,अबिरजङ लिम्बू र मेदनी लिम्बूहरुलाई घोषणा समेत गरिएको थियो।

संस्थाका वर्तमान प्रमुख सल्लाहकार दिपा लिबाङ संगै सल्लाहकारहरु घनश्याम चोङबाङ, बलबहादुर केदेम, रोबर्ट लिम्बू,अनिल कुमार योङहाङ, केन्द्र बिक्रम लिम्बू र राजकुमार थेबेलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो।

कार्यक्रममा फक्ताङलुङ आइडल सिजन दुईका फाइनलिस्ट मिजिरा सम्बाहाम्फेको बेजोड प्रस्तुति सँगै मौलिक याक्थुङ साँस्कृतिक प्रस्तुत गरिएको थियो । केलाङ तथा पालाम संगै निता लिम्बू,बिकाश थेगिममाले कार्यक्रममा नृत्य समेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *