प्रवास

साइप्रसमा तमु ल्होसार मनाउदै

एलिया लिम्बु ।

साइप्रस — युरोपियन मुलुक साइप्रसमा एक सक्रिय संस्था तमु समाज साइप्रसद्वारा तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

कार्यक्रम आउँदो जनवरी ५ तारिख आइतबारको दिन हुने भएको छ।साइप्रसको राजधानी निगोसियाको एन्टोनाकिस म्युजिक हलमा हुने कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने भएको हो।

साइप्रसमा रहेका विभिन्न संघसंस्था लगायत साइप्रसवासीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई  कार्यक्रमलाई सफल बनाइदिनुहुनको लागि समेत आयोजक तमु समाज साइप्रसले अनुरोध गरेको छ।

तमु ल्होसारको अर्थ र धार्मिक महत्व

‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ सफलता भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।  शाब्दिक रूपमै स्पष्ट छ कि गुरुङ समुदायको नयाँ वर्षलाई नै तमु ल्होसार भनिन्छ ।

‘पे म्ह्स्या, छ्या म्हमु,छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु’ शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने तमु समुदायको मूल नारा छ । 

हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ । 

राष्ट्रिय पर्व तमु ल्होसार तमु संवत् ३२२७६ औँ मुप्री-ल्हो (गडुल वर्ग) लाई बिदाइ गरि ३२२७७ औँ सप्री-ल्हो (सर्प वर्ग) लाई स्वागत गर्दै तमु समाज साइप्रस मनाउने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *