मनोरंजन

साजन श्रेष्ठ,मेक्सम गौडेलको साथमा गायक निमा रुम्बा क्यानाडा आउँदै

क्यानाडा — हाँसो नाच्यो कार्यक्रम लिएर कमेडी च्याम्पियनका चर्चित कमेडियन साजन श्रेष्ठ,मेक्सम गौडेल र साथमा चर्चित गायक निमा रुम्बा क्यानाडा आउने भएका छन्।

डिसेम्बर २७ तारिख हाँसो नाच्यो कार्यक्रमका लागि क्यानाडा आउने भएका हुन्। एसी इभेन्टद्वारा आयोजित उक्त कार्यक्रम क्यानाडाको टोरन्टोमा हुने भएको हो।

रोजगारीको सिलसिलामा क्यानडालाई कर्मथलो बनाई बसोबास गर्ने नेपालीहरूमा हँसाउन र नचाउनको लागि नेपालबाट चर्चित कमेडियन पहिलोपटक क्यानडामा आउने भएका हुन्।

नेपाली कला संस्कृतिलाई जगेर्ना गरौं भन्ने उद्देश्यका साथ स्थापना भएको एसी इभेन्टले अझै यसभन्दा पछि पनि थुप्रै सांगीतिक कार्यक्रमहरु गर्ने भएको छ।

उक्त कार्यक्रमको लागि टिकटको समेत व्यवस्था रहेकोले सम्पर्क नम्बरमा सम्पर्क गरी टिकट लिन सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *