सुवास चाम्लिंग, लुभे।
१७ डिसेम्बर २०२४ का दिन लिम्बु जातिय संस्था किरात याक्थुङ चुम्लुङ बेल्जियमले चासोक तङनाम लुभेन विसलेमा मनाएको छ ।
च्याब्रुङ नाच, न्वागी पुजा, साकेला नाच लगायतको नृत्य र विधिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थितीमा लिम्बुहरुले चासोक तङनाम मनाएका हुन ।
लुभेन शहरको एक कार्यक्रम हलमा आयोजित समारोहमा नेपाली राजदुतावासका प्रतिनीधि रुष कार्की, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्तिमगर, एनआरएन बेल्जियमकी अध्यक्ष सीता सापकोटा, विश्व मगर संघ बेल्जियमको अध्यक्ष लोक राना, जनता समाजवादी पार्टी निकट नेपाली समाज बेल्जियमको अध्यक्ष नेत्र मगर, नेपाल पत्रकार महासंघ बेल्जियमको अध्यक्ष केजिनराई, किरात राई सोसाईटीकी अध्यक्ष ईन्दिरा चाम्लिङ, तामाङ समाज बेल्जियमकी सल्लाहकार अनिता लामा, तमु समाज बेल्जियमका अध्यक्ष होम गुरुङ, शेर्पा समाद अध्यक्ष पेम्बा शेर्पा , थकाली सेवा समितिका अध्क्ष सरोज गौचन ,क्षेत्री समाजका अध्यऱ्क्ष पाशापुच उपाध्यक्ष मुना ताम्राकार ,पूर्बेली समाज अध्यक्ष कौशल ऱ्खनाल ,सिक्लेस समाज अध्यऱ्क्ष ओम प्रसाद गुरूंग,नेपाल कलातार संघ अधियक्ष बलराम पुन लगायत स्थानीय बेल्जियम नागरिक प्रोफेसर इमानुएल लगायत करिब डेढ दर्जन संघसंस्थाका प्रतिनिधिहरुले चासोक तङनामको शुभ कामना ब्यक्त गरेका थिए त्यस्तै गरि युके किरात याक्थुङ चुम्लुङका महासचिव विश्वास दीप तिगेलाले पनि सम्बोधन गरेका थिए ।
मंसिर पूर्णिमाको दिन नेपाल सरकारले किरात समुदायलाई किरात उधौली पर्व भनी सरकारी विदा दिदै आएको छ । यस चाडलाई लिम्बुले चासोक तङनाम, राईले उधौली साकेला, सान्केवा, सुनुवारले फोलष्यादर र याख्खा जातिले चासुवा चाड भनी मनाउने गर्दछन । पाकेको अन्न भित्राउनुअघि गरिने न्वागी पुजालाई विभिन्न नाम र संस्कारले मनाउने चलन रहेको छ । मंसिर पूर्णेको बखत खोलामा पानी घटने र माछा ठूलो पानी भएको ठाँउतिर समग्रमा चलचर र सिथलचर उधो/ओह्रालो झर्ने भएकोले उधौली भनिन्छ ।
बेल्जियम चुम्लुङ अध्यक्ष वदन योङहाँङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष पेमा लिम्बुको स्वागत मन्तब्य कार्यक्रम संयोजक पू्ण लिम्बुले धन्यबाद ज्ञापव कार्यक्रम थियो भने महासचिब कला इधिङ्गोबाट संचालन भएको थियो । दिउसो ३ बजेबाट शुरुभई मध्यरात सम्म कार्यक्रम संचालन भएको थियो ।