क्रोएसिया

क्रोएसियाको विद्यालयमा चक्कु आक्रमणबाट ७ वर्षीया बालिकाको मृत्यु

                          तस्वीर : CNN


जाग्रेब—
क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा सात वर्षीया बालिकाको मृत्यु भएको छ । उक्त आक्रमणबाट एक शिक्षक तथा अन्य पाँच विद्यार्थी घाइते समेत भएको क्रोएसियाको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार आक्रमण स्थानीय समयानुसार बिहान ९ः५० बजे प्रेच्को एलिमेन्टरी स्कूलमा भएको हो । उनीहरूले आक्रमणकारीलाई ‘युवा पुरुष’ भनी वर्णन गरे र उनलाई पक्राउ गरिएको बताएको छ।

स्वास्थ्यमन्त्री इरेना ह्रिस्टिकले आक्रमणकारी १८ वर्षभन्दा माथिको भएको बताउनुभयो । उक्त आक्रमणकारी अहिले प्रहरीचौकीमा रहेको बताएको छ। — रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *