आफ्नाले दिएका चोट म सामान्य हु झै लाग्थ्यो कसैको ब्यबहारले मलाई एक छेउ नि फरक पर्देन झै लाग्थ्यो, अह त्यो होइन रहेछ,जसरी पानी बिना माछा छटपाउछन त्येसरी नै म पनि आफुमा पीडा बचन आउदा त्येही दुख एक्लोपनको आभास गर्नेमा पर्दोरहेछु ।
म एक स्वतन्त्र प्राणि हो,भनेर सोच्ने मान्छे त झन बढि पिन्जडाँमा थुनिएको हुदो रहेछ,जहा बाट उ कहिले निस्किन पाउदैन, मैले हरेक प्रयास गरे आफुलाइ राम्रो साबित गर्न, के गरिन खुसी बनाउनु नै एक धर्म हो भन्ने लाग्थ्यो तर अह होइन रहेछ जब आफू खुशी भएको महसुस हुन्छ अनि मात्र दोस्रो ब्यक्तिको लागि सोच्न पर्ने रहेछ ।आफुले आफुलाइ धेरै दुख दिएकी रहेछु अब आउने दिनमा मलाई म बनेर देखाउनु छ म भित्र को म लाई जिवित पार्नु छ ।
जिवनमा धेरैको लागि धेरै गरे म थाकिन म अरुका लागि मात्र थिए आफ्ना लागि म कहिले भइन, जिन्दगी एक यात्रा हो जसको गन्तब्य आफुले टुङग्याउनु पर्ने रहेछ म भने स्वयम आफुले आफुलाइ हरुका लागि बाच्न पर्छ भन्ने भ्रम आफुले फैलाइरहे ।
म हराएको त हैन तर कुनै नाताले मलाई नखोजुन म बद्लिएको त हैन तर मेरो बद्लिएको सोचले गन्तव्य नभुलुन ,म आफैमा खुसी छु फलानोको वास्तविकता त यस्तो पो रहेछ भनी मेरो चरित्रको निर्धारण नगरियोस, मेरो पनि खुसीको सीमा छ, मेरो मुस्कुरावटको पनि परिधि छ, मलाई बोलिरहन मन पर्छ, मलाई मौनता प्यारो लाग्दैन आजभोलि, अनि पीडा क्षणिक हुन् भने खुसी पनि एक पलको लागि मात्र हो।
मैले मूल्याङ्कन गर्ने गर्छु समयको कृपया मेरो अठोटहरूलाई मूल्याङ्कनको पिँजडामा कैद नगरियोस यो जटिलभन्दा जटिल चोटहरू मलाई मेरो आफ्नो लाग्छ, मलाई आफ्नोपनको अङ्कमालबाट छुटाउन प्रयत्न नगरियोस् मेरो आफ्नो म हुँ भोलि शरीरमा चोट लाग्दा मैले आफूले आफैलाई सम्हाल्नु पर्छ। भोलिका दिनहरूमा पीडाले छटपटिँदा आफूले आफैलाई अङ्गाल्नु पर्छ यो दुनियाँ मेरो लागि होइन, मैले जस्तो परिस्थितिसँग नि रमाउन सिक्नुपर्छ।
त्यसैले मेरो हिम्मतहरूलाई चामलको बियाँ केलाएझैँ यत्रतत्र बनाइदिने कोसिस नगरियोस अब यो अनेक प्रश्नहरूको पिटारो मेरो सामु नपोखियोस म आफ्नै प्रतिबिम्बसँग सवाल जवाफ गर्न डराउने मान्छे, मलाई जवाफ दिन नसक्ने यी प्रश्नहरूको बोझ नथमाइयोस,एक साधरण जिवन जिउने शिर्षक म मा जागियोस
— मिना कटुवाल (धरान)