प्रवास

माल्टामा सोनाम ल्होछार मनाउने

(तामाङ समाज माल्टाले बिबिध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना गरि सोनाम ल्होछार मनाउदै)

अशिम लोप्चन।

माल्टा — तामाङ समाज माल्टाले फेब्रुअरी २ तारिखमा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।

माल्टामा रहेका तामाङ समुदाय लगायत अन्य समुदायहरुमा यस पर्बलाई हर्सोउल्लासका साथ मनाउन सबैमा संस्थाका अध्यक्ष सुनिल तामाङले अपिल समेत गरेका छन्।

कला संस्कृति प्रबर्द्धन भेषभुषालाई आफू जहाँ रहे पनि देशव्यापी मौलिकतालाई जहिल्यै एकीकृत गर्ने सबै  लगायत माल्टा तथा गोजोबासीमा आफ्नो कला प्रतिभालाई कार्यक्रममा प्रस्तुति दिनको लागि नाम सहित टिपाउन साँस्कृतिक बिभाग प्रमुख छिरिङ लामा र प्रचारप्रसार बिभाग प्रमुख रबिन तामाङले युरोपाटीलाई बताए।

उक्त ल्होछार कार्यक्रममा माल्टा तथा गोजोमा कार्यरत तामाङ तथा गैर तमाङहरुमा ल्होछार पर्बलाई एकैसाथ सहयोग गरि कार्यक्रममा उपस्थितिका लागि तामाङ समाज माल्टाका अध्यक्ष सुनिल दोङले अपिल समेत गरेका छन्। गत बर्ष झै, यस बर्षमा पनि सबैले कार्यक्रममा उपस्थिति भइ कार्यक्रम भव्य र सव्य हुनेमा दोङ्ले बिश्वास लिएको छन्।

साथै समाजको आधिकारि फेसबुक पेजमार्फत पनि कार्यक्रममा उपस्थिति हुन सबैलाई अपिल गरेका छन्।

यो पर्व केवल तामाङ समुदायको मात्र नभई विविध साँस्कृतिक धरोहरहरूको सम्मान र सह-अस्तित्वको प्रतीक हो। कार्यक्रमलाई सफल र उल्लेखनीय बनाउन माल्टा र गोजोवासी आदरणीय व्यक्तित्वहरूलाई आयोजक तामाङ समाज माल्टाले निमन्त्रण समेत गरेको छ।

उक्त कार्यक्रम फेब्रुअरी २ तारिख आइतबार साँझ ४ बजे ओर्फियम थिएटर जिरामा हुने भएको हो ।

कार्यक्रममा विविध मनोरञ्जनात्मक प्रस्तुति, सांस्कृतिक नृत्य, गीत-संगीत र परम्परागत कार्यक्रमहरू समावेश गरिनेछ। यो हाम्रो संस्कृति, पहिचान र परम्परालाई जोगाउने मात्र नभई नयाँ पुस्तालाई आफ्नो मूल पहिचानमा गर्व गर्न प्रेरणा दिने महत्त्वपूर्ण अवसर समेत हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *