प्रवास

तामाङ समाज बेल्जियमले मनाइयो सोनाम ल्होछार

सुबास चाम्लिंग ।
ब्रुज बेल्जियम — तामाङ समाज बेल्जियमले रमणिय शहर ब्रुजमा आयोजना गरेको २८६१ सोनाम ल्होछार डूल ल्हो (सा पुख्री ल्हो) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

ल्होऱ्छार कार्यक्रममा खाना तथा हल ब्यबस्थापन झोरमान वाईबा, अजय गुरुङ, ज्योति घिसिङ,लाल तामाङ, रुमेन छोतेन लगायत ब्रुजबासि तामाङ दाजुभाई तथा दिदिबहिनीहरुले गरेका थिए ।

मोलङको लागि लामागुरु पाल्जोर दोङ ,मनमोहक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिनुहुने कलाकार कमला तामाङ, प्रतिता बल तामाङ,सारा लामा तामाङ, लिलीयम थापा, याना वाईबा,अनिता लामा, पासाङ ओमु लामा, सुमी लामा, प्रबीना तामाङ, सुर्य तामाङ, सन्जिवानी आले,सुकृती आले, तपु बस्नेत, सीशा कंडेल, सुरक्षा आले,र शिवजानी आले तथा सास्कृतिक कार्यक्रमलाई उल्लासमय बनाउन सहयोग गर्नु हुने नेपालबाट आउनुभएका अथिती गायिका रमला पाख्रीन स्थानीय कलाकार लाहुरे कान्छा साथै आर्थिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण मनकारी मनहरू प्रति आयोजकले हार्दिक आभार प्रकट गरेको छ ।

कार्यक्रममा बेल्जियमका लागि कार्यबाहक राजदुत रुउस कार्की ,एन आर एन बेल्जियम अध्यक्ष सिता सापकोटा ,आदिवासी जनजाति महासंघ बेल्जियम अध्यक्ष बिरमान घर्तीमगर,बिश्व मगर संघ बेल्जियम, तमु समाज बेल्जियम, शेर्पा किदुङ बेल्जियम , किराँत राई सोसाइटी बेल्जियम  ,किराँत याक्थुम चुम्लुङ ,एभरेष्ट नेपाली समाज ब्रुज, सिक्लेश पार्चे कल्याण कोष, काभ्रेपलाञ्चोक सहायता समिति, नेपाल पत्रकार महासंघ युरोप, पुर्बेली समाज बेल्जियम र जन प्रगतिशिल मन्च बेल्जियम अध्यक्ष तथा प्रतिनिधि लगायत बेल्जियमबासी दाजुभाइ तथा दिदीबहिनीहरू ब्यस्तताको बाबजुद अमुल्य समय दिऐर सहभागी भई कार्यक्रम भब्य र सब्यसंग सफल बनाइदिनु भएकोमा तामाङ समाज बेल्जियम हार्दिक धन्यवादका साथ आभार व्यक्त गरेको छ ।

तामाङ समाज बेल्जियमका अध्यक्ष राम लामाको सभापतित्वमा सम्पन्न ल्होछार कार्यक्रम सन्चालन महासचिव चन्द्र ब्लोन तामाङले सास्कृतिक कार्यक्रम  लारिंग तामांगले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *