ग्रीस — वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक ग्रीस पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नवलपरासी सुस्ता, पूर्वी हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ झ्यालबास घर भई हाल काठमाडौं १६ बनस्थली बस्ने ३० वर्षीय रोश्मी सोती रहेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोतीलाई मंगलबार पक्राउ गरेको हो। सोतीले ग्रीस पठाइदिन्छु भनी एक जना व्यक्तिबाट ६ लाख चालिस हजार रुपैयाँ रकम ठगी गरेको आरोप छ।
आकर्षक तलबको प्रलोभन पारेर रकम बुझेपछि फरार भएका सोती विरूद्ध पीडितले प्रहरीमा जाहेरी दिएका थिए। सोतीलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।
Leave a Reply