Home Login
प्रवास

रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित सोनाम ल्होछार सम्पन्न

एलिया लिम्बु ।

साइप्रस — नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो।

(नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित सोनाम ल्होछार कार्यक्रमको तस्वीर)

फेब्रुअरी ९ तारिख आइतबार लिमासोलको नियो फियस्टा बेन्क्युट हलमा सम्पन्न भएको कार्यक्रममा गोर्खा किचनका ज्ञानु लामाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजसेवी अमृत मुक्तान तामाङ प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य प्रदिप तामाङले दिएका थिए भने कार्यक्रम सञ्चालन माया लोप्चनले गरेकी थिइन्।

चर्चित गायक मिलन लामा पनि साइप्रस आएका थिए। गायक लामाले आफूले गाएका सांगीतिक कोसेलीहरु दर्शकहरु सामु प्रस्तुत गरेका थिए।

(नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित सोनाम ल्होछार कार्यक्रमको तस्वीर)

सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध प्रस्तुतीहरू समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।

उक्त कार्यक्रममा चर्चित गायक मिलन लामासँगै साइप्रसमा रहेका स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहेको थियो। उक्त कार्यक्रममा साइप्रसमा रहेको गोर्खा ब्यान्डले समेत आफ्नो प्रस्तुति दिएका थिए।

साइप्रसमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू साथै साइप्रसमा रहेका नेपालीहरूको उक्त  कार्यक्रममा बाक्लो उपस्थिति रहेको रहेको थियो।

कार्यक्रमलाई सफल बनाउनको लागि प्रचारप्रसारदेखि उक्त कार्यक्रममा उपस्थित हुने सबैलाई आयोजक गोरखा किसानले धन्यवाद समेत व्यक्त गरेका छन्।

नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित सोनाम ल्होछार कार्यक्रमको तस्वीरहरु — 

Leave a Reply