(विष्णु स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा इशोज हिरोज डेनमार्क क्लबले सहभागी जनाउने)
डेनमार्क । नेपाल भलिबल एसोसिएसन डेनमार्कले आयोजना गरेको ‘विष्णु स्मृति खुल्ला युरोपिस्तरीय पुरुष भलिबल प्रतियोगिता’ फेब्रुअरी १६ तारिख बिहान ९ बजेबाट खेल सुरु हुने भएको छ।
उक्त खेलमा इशोज हिरोज डेनमार्क क्लबले पनि सहभागीता जनाउने भएको छ। टिम म्यानेजर सोम गुरुङको नेतृत्वमा सहभागिता जनाउने भएको हो।
गुरुङका अनुसार, योकेन्द्र गुरुङ, आशिक परियार, रितिक गुरुङ, डिभेक तामाङ, कुमार छन्त्याल, सुबिस पौडेल, रोशन बस्नेत, अशोक सुनार र संगम पुलामी खेलाडीहरू रहेका छन्।
उक्त खेलमा सहभागी हुन युरोपेली मुलुकहरुबाट सबै टिमहरु डेनमार्क आइसकेको आयोजक नेपाल भलिबल एसोसिएसन डेनमार्कले बताएका छन् । उक्त प्रतियोगितामा दश टिमले सहभागिता जनाउने भएका हुन्।