रोमानिया — रोजगारी तथा अध्ययनको सिलसिलामा रोमानिया पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास बर्लिन र राहदानी विभाग, काठमाडौंको संयुक्त आयोजनामा रोमानियाको राजधानी बुकारेस्टमा आगामी मार्च २६ देखि ३१ तारिखसम्म राहदानी नवीकरणका लागि विशेष घुम्ती सेवा सञ्चालन गरिने भएको छ।
यो सेवा रोमानियाका विभिन्न कार्य क्षेत्रमा रहेका नेपाली हरूको सुविधा र सहयोगका लागि लक्षित गरिएको छ। विदेशमा रहँदा राहदानी सम्बन्धी समस्या समाधान गर्नका लागि नेपाली समुदायलाई लामो दुरीको यात्रा गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै यो पहल गरिएको हो।
सेवा उपलब्ध हुने स्थान र समय, साथै आवश्यक कागजातहरू तथा प्रक्रिया सम्बन्धी विस्तृत जानकारी दूतावासले छिट्टै सार्वजनिक गर्ने जानकारी दिएको छ।
नेपाली दूतावासले समुदायलाई सूचना प्राप्त गर्न र आवश्यक कागजातहरू तयार राख्न आग्रह गरेको छ ताकि सेवा सहज र छिटो प्रक्रियामा सम्पन्न गर्न सकियोस् ।
यो घुम्ती सेवा नेपाली समुदायका लागि एक महत्वपूर्ण सुविधा साबित हुनेछ, जसले राहदानी नवीकरण प्रक्रियालाई छरितो र प्रभावकारी बनाउँदै नेपाली नागरिकहरूको समय र श्रम बचत गर्न मद्दत पुर्याउनेछ।
नेपाली राजदूतावास बर्लिनले समुदायको सुझाव र आवश्यकतालाई प्राथमिकता दिँदै यस प्रकारको सेवा निरन्तर प्रदान गर्न प्रतिबद्ध रहेको छ।