Home Login
पोर्चुगल

लिस्बनमा सञ्चालनमा आयो द बेकरी क्याफे

पोर्चुगल नेपाली परिकारहरुलाई प्रबर्द्धन गर्ने उद्देश्य सहित पोर्चुगलको राजधानी लिस्बनको आरोइसमा ‘द बेकरी क्याफे सञ्चालनमा आएको छ। १४ फेब्रुअरी देखि सञ्चालनमा आएको क्याफेलाई ‘द बेकरी क्याफे बाइ ग्रिल एण्ड चिल’ नाम दिइएको छ ।

रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपको पोर्चुगल पुगेका नेपालीहरूको लागि यस क्याफेले विशेषगरी नेपाली परिकारहरूमा आधारित बेकरी परिकारहरु जस्तै दुनोट, टिपिकल नेपाली पफ, कुकिज, पेस्ट्री, बर्थडे केक लगायत बेकरी वस्तुहरू उपलब्ध गराउने भएको हो।

क्याफे बर्थडे, बेबी सावर, एनिभर्सरी लगायतका विशेष अवसरहरूमा ग्राहकहरूको चाहना अनुसारको डिजाइन र फ्लेवरमा केकहरू सुपथ मूल्यमा उपलब्ध गराउने  क्याफेको उद्देश्य रहेको भनाइ छ।

(विगत ४ / ५ वर्षदेखि सञ्चालनमा आएको ग्रिल एण्ड चिल रेस्टुरेन्ट विशेषगरी नेपाली तथा इण्डियन खानाका लागि प्रख्यात रहेको रेस्टुरेन्ट हो।)

क्याफेका सञ्चालक सुमिश श्रेष्ठको अनुसार, बेकरी सेवामा मात्र सीमित नभइ क्याफेले आफ्नै स्थानमा पार्टी आयोजना गर्ने ग्राहकहरूलाई केकमा विशेष छुट समेत प्रदान गरिरहेको  छ। विगत ४/ ५ वर्षदेखि सञ्चालनमा आएको ग्रिल एण्ड चिल रेस्टुरेन्टमा कार्यक्रम आयोजना गर्न चाहनेहरूका लागि अतिरिक्त सुविधाहरूको व्यवस्था समेत गरिएको छ।

विगत ४/ ५ वर्षदेखि सञ्चालनमा आएको ग्रिल एण्ड चिल रेस्टुरेन्ट विशेषगरी नेपाली तथा इण्डियन खानाका लागि प्रख्यात रहेको रेस्टुरेन्ट हो । नेपाली तथा इण्डियन खानामा मात्र सिमित नभई बेकरी वस्तुहरू समेत उपलब्ध भएको र ग्राहकहरूले बेकरी वस्तुहरूमा पनि नेपाली स्वाद लिन सकिने सञ्चालक श्रेष्ठले बताए।

Leave a Reply