रासस — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले आगामी २ मार्च २०२५ मा एनआरएनए अल्गार्भ कप २०२५ फुटबल प्रतियोगिता आयोजना आयोजना हुने भएको छ । उक्त प्रतियोगिता भिल्ला रियल सान्तोआन्तोनियो र मन्तेगोर्दोमा हुनेछ ।
उक्त प्रतियोगिता सेभेन ए साईड फुटबल खेलको रूपमा आयोजना हुने भएको, जसमा अल्गार्भ क्षेत्रका साथै पोर्तुगलभरका विभिन्न क्लबहरूले सहभागिता जनाउन सक्ने आयोजकले बताएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक नेपाली फुटबल टिमहरूले २०२५ फेब्रुअरी २२ को बेलुकी ८ बजेभित्र नाम दर्ता गरिसक्नु पर्ने र टिम दर्ता अनलाइन फारममार्फत पनि गर्न सकिने गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भले जानकारी दिए।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले १५१५ युरो नगद र ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ७५५ युरो र ट्रफी हात पार्नेछ। साथै, उत्कृष्ट खेलाडीहरूलाई जनही ५५ युरोको पुरस्कार प्रदान गरिनेछ ।
एनआरएन क्षेत्रिय संघ अल्गार्भका अध्यक्ष विनोद बुढाथोकीले यस प्रतियोगिताले प्रवासमा रहेका नेपालीहरूमाझ सामाजिक एकता र भाइचारालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
प्रतियोगिताको सहजकर्ताको रूपमा समन्वय गरिरहेका विनोद मरासीनीले पनि लामो समयपछि अल्गार्भमा हुन लागेको फुटबल प्रतियोगितामा उत्साहपुर्ण सहभागिता हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।