पोर्चुगल

परदेशी गायक सूर्य खड्काको पोर्चुगलमा एकल साँझ कार्यक्रम सम्पन्न

पुस्तक रेग्मी ।

पोर्चुगल — बाग्लुङ समाज पोर्चुगल र गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन्तेजोको आयोजनामा जम्बु जेइरा दो मार हलामा चर्चित लोकदोहोरी गायक सुर्य खड्का एकल साँझ कार्यक्रम सम्पन्न भएको छ ।

बाग्लुङ बजार आउका मायालु, गाउँले पाराले, बनमा खयर, ढुङ्गे धारा, घडि, चार बजेको आलाराम, हेराएर चिना, अभागी, दरवार, पञ्चैबाजा मन परेकी डल्ली, चरी बनैमा जस्ता चर्चित गीतका गायक सुर्य खड्काले पोर्चुगलमा पहिलोपटक गत शनिबार सांगीतिक प्रस्तुति दिएका हुन्।

आफ्नो सांगीतिक प्रस्तुतिका लागि युरोप भ्रमणमा रहेका गायक खड्का आइतबार पोर्चुगलको फारो विमानस्थल बाट स्कटल्याण्डको ग्लासगो सहर सांगीतिक प्रस्तुतिका लागि गएका छन्।

गत शनिबार पोर्चुगलको जेइरा दो मार हलामा सम्पन्न भएको कार्यक्रममा अध्ययन तथा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

विशेषगरी कृषिमा काम गर्ने नेपालीहरूले बसोबास गर्ने ठाउँ, शनिबारको दिन कामको बिदा समेत रहने भएकाले उक्त दिनलाई समय मिलाएर आयोजना गरिएको कार्यक्रममा नेपालीहरूको बाक्लो उपस्थिति रहेको देख्दा,’गायक खड्काको युरोपको पहिलो कार्यक्रम पोर्चुगलमा निकै राम्रो भएको बताउँछन्’।

निकै लामो समयदेखि जापानलाई कर्मथलो बनाएर बस्दै आएका गायक खड्कालाई पछिल्लो समय प्रदेश गायक समेत भनेर चिनिने गर्दछ। पछिल्लो समय गायक खड्का जापान लगायत विभिन्न देशहरूमा आफ्नो सांगीतिक प्रस्तुति दिँदै आइरहेका छन्।

सांगीतिक कार्यक्रमको लागि युरोप भ्रमणमा रहेका चर्चित लोकदोहोरी गायक सुर्य खड्काले मार्च १० स्कटल्याण्डमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्।

त्यस्तै बेल्जियम १७ मार्चमा, फ्रान्स २३ मार्चमा, पोर्चुगलको राजधानी लिस्बन २६ मार्चमा र फिनल्याण्ड ३० मार्चमा कार्यक्रमको तालिका रहेको र अझै केही कार्यक्रमहरू थपिन सक्ने गायक खड्काले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *