पोर्तुगलका भीम केसी कमलले सचिव पदमा उम्मेद्वारी

पोर्चुगल । गैरआवासीय नेपाली संघको अगामी अक्टोवर १७–२० तारिखमा हुने ११ औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भीम केसी ‘कमल’ ले उम्मेदवारी घोषणा गरेका छन् । उनी पोर्चुगल र माल्टामा सफल व्यवसायीका रुपमा परिचित छन् । कमल अन्तराष्ट्रीय बागलुङ समाजका उपाध्यक्ष समेत हुन् ।

आफ्ना योजना सुनाउन र मत माग्नको लागि विभिन्न देशको भ्रमणबाट फर्केका छन् । मध्यपूर्व तथा युरोपका विभिन्न देशका एनआरएनए प्रतिनिधि भेट्दै मत माग्नमा व्यस्त छन् ।

‘गैर आवासीय नेपाली अभियान अन्तरगत युरोप तथा मध्यपुर्बका विभिन्न राष्ट्रहरुमा रहेका अग्रज, अभियन्ता एबम बिभिन्न संघ संस्थाका पदाधिकारीहरु संगको भेटघाट, छलफल र अन्तरक्रिया सम्पन्न गरि मेरो आफ्नो कर्मभुमी पोर्चुगलको लिस्बन आइपुगेको छु, सबैको साथले उत्साहित छु ।

उनले भने । केसीले पोर्चुगलमा पर्यटन, ट्रान्सपोर्ट र रेष्टुरेण्ट व्यवसाय गर्दै आएका छन् । जन्मघर बागलुङ भएका केसी नेपालमा शिक्षण पेशामा थिए। यूरोपको पोर्चुगल कर्मक्षेत्र बनाएपनि उनले प्रवासी नेपालीहरुको हितमा सक्रिय बन्दै आएका छन् ।

एनआरएनमा डेढ दशक बढी आवद्धरहेका केसीले प्रवासीले भोग्नुपरेका दु:खलाई नजिकबाट नियालेका छन् । एनआरएनएको एकता, संस्थाको शुद्धीकरण, भावनात्मक एकताको नारा लिएर चुनावी मैदानमा होमिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *