पोर्चुगल (लिस्बन) । अध्ययन तथा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूलाई नेपाली राजदूतावास पेरिस फ्रान्सले बुधबार एक सूचना सार्वजनिक गरेको छ।
दूतावासको अनुसार मार्च १८, २०२५ सम्म प्रमाणीकरणको लागि इमेल र कुरियरमार्फत पठाइएको कागजातहरू (प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, विवाहदर्ता लगायत अन्य कागजातहरू) जम्मा ५२५ थान र राजदूतावासबाट तयार विद्युतीय राहदानी ६५ थान सङ्कलन गरी नेपाली राजदूतबास पेरिसले, नेपाली राजदूतबास लिस्बनमा पठाएको व्यहोरा सार्वजनिक गरेको छ।
नेपाली राजदूतावास पेरिसको वेवपेजमा राखिएका तयार विद्युतीय राहधानीहरू समेत नेपाली राजदूतावास लिस्बनमा रहेको व्यहोरा समेत सूचित गरिएको छ,’नेपाली राजदूतबास पेरिस’
त्यस्तै, नेपाली राजदूतबास लिस्बनले गत मार्च १६ तारिख एक सूचना सार्वजनिक गर्दै राजदूतावासबाट औपचारिक रुपमा सेवा सञ्चालन नहुँदासम्म नेपाली राजदूतावास पेरिसबाट सेवा लिनको लागि समेत अनुरोध गरेको थियो।
त्यस्तै शुक्रबार नेपाली राजदूतबास लिस्बनले सामाजिक सञ्जाल फेसबुक पेजमा सूचना सार्वजनिक गर्दै, पहिलोपटक स्थापना भएको राजदूतबास, कूटनीतिक सम्बन्धहरू सम्बन्धी भियना अभिसन्धि, १९६१ तथा आतिथेय, पोर्चुगलको स्थानीय कानून अनुसार पुरा गर्नुपर्ने कार्यहरू, प्रक्रियामा रहेको र सो प्रक्रिया पूरा हुनासाथ राजदूतावासको कामकारबाही शुरू हुने ब्यहोरा समेत जनाएको छ ।
सार्वजनिक सूचना अनुसार, नेपाली राजदूतावास पेरिस फ्रान्सले पठाएको प्रहरी प्रतिवेदन, शैक्षिक प्रमाणपत्र, पारिवारिक प्रमाणपत्र तथा राहदानीहरु मार्च २९ शनिबार र मार्च ३० आइतबार दिउँसो २ बजेदेखि बेलुकी ५ बजेसम्म वितरण गरिने भएको हो ।
Leave a Reply