प्रवास

कतारमा १८ जना नेपालीले पाए आममाफी

कतार (दोहा)  — कतारमा १८ जना नेपालीले आममाफी पाएका छन्। विभिन्न अपराधमा जेल जीवन बिताइरहेकाले आममाफी पाएका हुन्।

कतार सरकारले रमजान र ईद पर्वको अवसरमा आममाफी दिने निर्णय गरेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतार सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

सरकारले कतारको दोहास्थित नेपाली दूतावासमार्फत कतार सरकारलाई उनीहरूको रिहाइका लागि आग्रह गरेको थियो। आममाफी पाउने नेपालीहरूको विवरण सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *