प्रवास

रोमानियामा राहदानी नबिकरणका लागि घुम्ती सेवा शिबिर सम्पन्न

अशिम लोप्चन । राजदुतबास जर्मनी स्थित रहेका बर्लिन नेपाली राजदुतबासका उपप्रमुख सागरप्रसाद फुयालको नेतृत्वमामा र राहदानी बिभाग काठमन्डौंको संयोजनमा  रोमानियामा राहदानी नबिकरणका लागि घुम्ती सेवा शिबिर सम्पन्न भएको छ।

बर्लिन राजदुतबासबाट प्रेम भण्डारी र राहदानी बिभाग काठमन्डौबाट सुबास थापा र राजकुमार सेवाको लागि खटिएका थिए । उक्त शिबिर द अदिति किचेन सेक्टर ४ मा २०२५ मार्च २६ देखि ३१ सम्म संचालनमा रहेको थियो।

बर्लिन उपप्रमुखका अनुसार उक्त शिबिरमा १६०० सेवा ग्राहिले लाभ उठाएका थिए । शिबिरमा नेपाल तामाङ घेदुङ रोमानियाको प्रतिनिधिहरुले सेवा ग्राहीको सहजीकरणको लागि सहयोग गरिएको थियो ।

उक्त शिबिरमा नेपाल तामाङ घेदुङ रोमानियाको अध्यक्ष फुर्साङ लामाका अनुसार रोमानियामा रहेको विभिन्न संघ संस्थाहरु, नेपाल मगर संघ रोमानिया, तमु समाज  रोमानिया, नेपाल किरात समाबेशी सेवा समाज रोमानिया, शेर्पा किदुग रोमानिया, नरेश गिरि, युबराज लामिछानेले सहायोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *