

बेल्जियम — बेल्जियम स्थित नेपाली वैचारिक संस्थाहरूको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक भएको छ। नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास गुरुङ, नेपाली एकता समाज बेल्जियमका अध्यक्ष बलकृष्ण कडेल र नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको अध्यक्ष मेख गुरुङहरूको हस्ताक्षरमा संयुक्त विज्ञप्ति सार्वजनिक भएको छ।
नेपालको वर्तमान तरल राजनीतिक अवस्थाप्रति बेल्जियम स्थित वैचारिक तथा राजनीतिक संस्थाहरूको ध्यानाकर्षण भएको छ। नेपाली जनताको अभुतपूर्व वलिदानीपूर्ण संघर्षले पराजित भएको राजतन्त्र पुनर्बहाली हुन र गर्नको लागि भइरहेको सस्तो हर्कतको संघसंस्थाहरु घोरभत्सना गरेका छन् ।
नेपालका पूर्व राजा वा उनका समर्थकहरू जोकसैको नाममा भएपनि पूर्व राजसंस्थाको पुनर्बहाली गर्ने कथित अभियान नेपालको वर्तमान लोकतान्त्रिक गणतान्त्रिक संविधान र भवना विपरी प्रतिगमनकारी कदम हो, उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै यसै सन्दर्भमा तथाकथित राजावादी समर्थकहरूको आयोजनामा गत २५ गते भएको अराजक गतिविधि, मानवीय क्षति हुने सम्मको आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधिहरू अत्यन्तै निन्दनिय रहेको छ । उक्त कार्यमा संलग्न अपराधीहरूलाई बेल्जियमस्थित ४ संगठनको सयुक्त बिज्ञप्ती कडा कारबाहीको माग समेत गरेका छन् ।
देशको विद्यमान राजनीतिक स्थिरता,वैदेशिक हस्ताक्षेप, भ्रष्टाचार,महङ्गी, कालाबजारी, स्वास्थ्य क्षेत्र र शिक्षामा भएको महंगी लगायत तमाम समस्याहरुले नेपाली जनताको जनजीवन कष्टकर बन्न पुगेको छ।विज्ञप्तिमा उल्लेख गर्दै , दलाल, फौजीवादीको दवदवाले गर्दा राष्ट्रिय पूंजीको विकास हुन सकेको छैन र देशमा रोजगारी नपाउँदा युवा पुस्ता विदेशिन बाध्य भएका छन्।
रोजगारीको लागि विदेशिनु कुनै व्यक्तिगत चाहना र खुसीको कुरा होइन यो राज्यको नीतिको कारणले भइरहेको छ, नेपाल सरकार र नेपालका राजनीतिक दलहरूलाई पुन: स्मरण गराएका छन् ।
त्यस्तै उक्त सार्वजनिक विज्ञप्तिमा उल्लेख गर्दै, वर्तमान राजनीतिक संक्रमणको समाधान लोकतान्त्रिक गणतन्त्रबाट पस्चगमनतिर फर्केर नभई वर्तमान लोकतान्त्रिक गणतान्त्रिक संविधानको प्रस्थापना अनुरुप नेपाली जनताको स्वतन्त्रता, समानता र समृद्धिको लागि नेपाली विशेषताको समाजवाद स्थापना तर्फ अगाडि बढ्नका लागि विज्ञप्तिमा उल्लेख गरेको छ।