म्यानचेस्टर — 8848 भाइभ्सले यहि मे १२ तारिखका दिन म्यानचेस्टरमै पहिलो पटक रामकृष्ण ढकालको एकल सांगीतिक साँझ आयोजना गर्ने भएको छ ।
एरिया म्यानचेस्टरमा हुने कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, अन्य स्थानीय सर्जकहरुको गायन लगायत नेपाली खाना, विजनेस नेटवर्किंग आदि कार्यक्रम राखिएको आयोजक कम्पनिका प्रवन्ध निर्देशक मनोज बजगाईंले बताए ।
‘यो एक सामान्य कन्सर्ट मात्र होईन, हामि म्यानचेस्टर र ग्रेटर म्यानचेस्टर क्षेत्रमा बस्ने नेपाली युवाहरुदेखि बयस्क नेपालीहरुसम्मलाई विभिन्न माध्यमले जोड्न चाहन्छौ । त्यसकै एक माध्यमको रुपमा रामकृष्ण ढकाल सुमधुर साँझ आयोजना गरिएको हो’ बजगाईंले बताए ।
कम्पनिका अनुसार मे १२ का दिन एरिया म्यानचेस्टरमा साँझ ३ बजे देखिनै विभिन्न अनौपचारिक कार्यक्रम र नेटवर्किंग हुने भएपनि मुख्य सांगीतिक कार्यक्रम ६ बजे पछि मात्रै सुरुहुने छ । उक्त कार्यक्रमको टिकट र थप जानकारी लिन 8848 भाईभ्सको सामाजिक संजालका पेजहरुमा सम्पर्क गर्न सकिने कम्पनिले जनाएको छ ।