काठमाडौँ — ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ को छायांकन सुरु भएको छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको सोमबारबाट पाँचथरमा छायांकन सुरु गरिएको हो । जारी कै अधिकाश कलाकार दोहोरिएको चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ भने रामबाबु गुरुङ्ग चलचित्रको निर्माता हुन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, सिर्जना निङलेखु लगायतको अभिनय रहनेछ ।
निर्देशक सुब्बाको यो तेश्रो निर्देशकीय चलचित्र हो । जारी उनको डेव्यु चलचित्र रहेको थियो । बर्ष २०८० को सर्वाधिक कमाउने चलचित्र बनेको यसले घरेलु बक्स अफिसमा १७ करोड १७ लाखभन्दा बढीको व्यापार गरेको थियो । दशैमा ‘जारी २’ रिलिजको घोषणा यस अगाडी नै निर्माण टिमले गरिसकेको छ ।