Home Login
चलचित्र

चलचित्र ‘ऊनको स्वीटर’ युरोपको विभिन्न देशहरूमा प्रदर्शन हुदै

पोर्चुगल — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको विभिन्न देशहरूमा प्रदर्शन हुने भएको छ ।

मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा यूरोपमा प्रदर्शन गर्न लागेको चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगल, बेल्जियम, माल्टा, साइप्रस र डेनमार्क लगायतका देशहरुमा प्रदर्शन हुने भएको हो ।

चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलमा मे १८ तारिखदेखि प्रदर्शन हुने भएको हो । त्यस्तै पोर्चुगलमा चलचित्र मे १८ आइतबार, मे १९ सोमबार, मे २० मंगलबार र मे २१ बुधवार गरी चार शोमा प्रदर्शन हुने भएको हो ।

त्यस्तै बेल्जियमको विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको छ । जसमा एन्टवर्प, ब्रुग, ब्रसेल, जेन्ट, लुभेन, ओस्टेन्डेमा चलचित्र प्रदर्शन हुनुभएको हो । बेल्जियमको  लुभेन, ओस्टेन्डे र जेन्ट सहरमा चलचित्र मे १८ तारिख आइतबार देखि प्रदर्शन भएको छ । त्यस्तै ब्रसेलमा मे १८ आइतबार र मे २६ तारिख सोमबार दुई शोमा प्रदर्शन हुने भएको हो ।

त्यस्तै एन्टवर्पमा मे १६ शुक्रबार, १८ आइतबार र २६ सोमबार गरी ३ शोमा प्रदर्शन हुने भएको हो । त्यसो त मे २८ तारिख बुधबार ब्रुगमा प्रदर्शन हुने भएको हो । पहिलोपटक युरोपको बेल्जियममा नेपाली चलचित्र विभिन्न सहरहरूमा एकैचोटी प्रदर्शन हुन लागेको हो ।

त्यस्तै युरोपेली मुलुक माल्टामा मे १७ तारिख आइतबार र २४ तारिख आइतबार गरी दुई शोमा प्रदर्शन हुने भएको हो । त्यस्तै युरोपको साइप्रसमा मे १८ तारिख आइतबार उक्त चलचित्र प्रदर्शन हुने भएको हो ।

त्यसो त डेनमार्कमा भने उक्त चलचित्र मे ११ आइतबार र १२ तारिख सोमबार प्रदर्शन भइसकेको छ । जसमा मे १८ तारिख आइतबार एक शो बाँकी रहेको छ । ३ शोमा प्रदर्शन भएको चलचित्र बाँकी १ शो रहेको हो ।

‘नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया रप्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा युरोपको विभिन्न देशहरूमा नेपाली चलचित्र प्रदर्शन र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले चलचित्र ‘ऊनको स्वीटर’ को आधिकारिक यूरोप वितरक रहेका हुन् भने केन्द्र मोशन पिक्चर्स प्रमुख प्रायोजक रहेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक टिकटक लगायत विभिन्न प्लटफर्महरुमा अहिले उक्त चलचित्रको विषयमा नेपाली दर्शकहरूले निकै राम्रो प्रतिक्रियाहरू दिइरहेका छन् ।

त्यस्तै अरु युरोपको विभिन्न देशहरूमा चलचित्र प्रदर्शन गर्नुपरेमा मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले सम्पर्क गर्नको लागि गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङले बताए ।

विपिन कार्की र मिरुना मगरको मुख्य भूमिकामा रहेको चलचित्र ‘उनको स्वीटरमा नविन चौहानको निर्देशन रहेको छ । चलचित्रमा निर्देशक चौहानको लेखन, सुरज कटुवालको सह-लेखन, मुख्य सहायक निर्देशक फिरोज खड्का, गायक सुजन चापागाईं र कोविद बज्रको संगीत, हर्क साउदको शब्द रचना रहने छ ।

चलचित्रमा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ ।

Leave a Reply