बार्सिलोना — बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधी जितेको छ । गएराति इस्प्यानोललाई २-१ गोलले हराउँद बार्सिलोनाले दुई खेल बाँकी छँदै उपाधी जितेको हो ।
शीर्ष स्थानमा बार्सिलोनाको ८५ अंक छ । दोस्रो स्थानको रियल म्याड्रिडको ७८ अंक छ । रियलले पनि दुई खेल खेल्न बाँकी छ । उसले दुवै खेल जितेको अवस्थामा पनि ८४ अंक मात्रै हुन्छ ।
त्यसकारण लिगमा सबै टिमले दुई खेल खेल्न बाँकी हुँदै बार्सीलोनाले जारी सिजनको उपाधि जितेको हो ।
गएराति इस्प्यानोललाई पराजित गर्दा लामिन यमल र फेरमिन लोपेजले एक / एक गोल गरे ।
बार्सिलोना योसँगै लालिगामा २८ औं पटक च्याम्पियन बनेको हो ।