साइप्रस । ५ नोभेम्बर २०२३ आइतबारका दिन साइप्रसको लिमासोल शहर RIO CINEMA HALL LIMASSOL मा ‘घरजम‘ चलचित्र प्रदर्शन हुने भएको छ ।
उपेन्द्र सुब्बाको कथा, पटकथा र सम्बाद नेपाली मौलिक र अर्गानिक चलचित्र घरजम को मुख्य निर्देशक मौसम इम्बुङ, मुख्य सहायक निर्देशक रबि सेर्मा, कोरियोग्राफी दिनेश माङ्मु, छांयाकन युवराज राई ले निर्भाह गर्नु भएको हो । यस् चलचित्रको छायांकन पुर्ब को पान्थर याङ्वरक थर्पु, नागी गोपेटार, जोर पोखरी, हिलिहाङ दरबार र काठमाडौ मा भएको थियो ।
यस चलचित्रमा मुख्य भुमिका मा चर्चित कलाकार बुद्धि तामाङ, श्रीजना सुब्बा, यासेली योङ्हाङ, लक्ष्मी योङ्हाङ, बबिता फोम्बो, किसोर कुमार लिम्बू , कुशल थलङ, सीता तुम्बापो, सुस्मा खेवा, इसिका जबेगु, हेमराज अङ्छ्ङ्बो, भरतमणी पौडेल, जीवन भट्टराई, नुनाम केरुङ, लैइन निङ्लेखु आदि कलाकारहरूले जिवन्त अभिनय गर्नु भएको छ ।
अर्गानिक नेपाली संस्कार संस्कृति, याक्थुङ संस्कार संस्कृतिमा आधारित रहेको चलचित्र घरजम हेरेर भरपुर मनोरञ्जन लिनु होला ।
यस चलचित्र लाई साइप्रसमा एलिया लिम्बुको सहयोगमा प्रदर्शन हुन लागेको हो । लाखे क्रिएसन र किरात याक्थुङ चुम्लुङ साइप्रसले पनि सहयोग गरेको छ ।