Home Login
पोर्चुगल

राजदूतावास स्थापना भएको एक महिना पूरा, हप्ता दिनपछि राहदानीको सेवा सुचारु हुने

पोर्चुगल युरोपेली मुलुक पोर्चुगलमा नेपाली राजदूतावासले धमाधम काम गरिरहेको छ । अप्रिल १६ बाट सुरु भएको राजदुतावास मे १६ शुक्रबार एक महिना पुगेको छ । दुताबास सुरु भएसँगै विभिन्न आलोचना सहित काम गर्दै आइरहेको दुताबासले निरन्तर सेवाग्राहीहरूलाई सेवा दिइरहेको छ ।

पहिलो पटक स्थापना भएको पोर्चुगलमा दुताबास स्थापना भए लगत्तै केही दिन कर्मचारीहरुलाई काम गर्न असहज भएको महसुस देखिन्थ्यो । युरोपेली मुलुक पोर्चुगलमा करिब ५० देखि ६० हजार नेपालीहरू बसोबास गर्दै आइरहेको ठाउँमा पहिलो पटक स्थापना भएको दुताबासलाई असहज भएको हो ।

सन् २०१८ देखि पोर्चुगलमा नेपालीहरूको सङ्ख्या बढ्दै गएपछि राजुतावासको माग बढ्दै गएको थियो । त्यसो त, ३० जुलाई २०२४ मा अवैतनिक महाबाणिज्य दूतावास बन्द भएपछि झन् पोर्चुगलमा रहेका नेपालीहरुलाई तनावग्रस्त भएको थियो ।

पोर्चुगल आएपछि प्राप्त गर्ने रेसिडेन्सी कार्ड अर्थात् (टिआरसी कार्ड) को लागि चाहिने कागजपत्रहरूमा ढिलाई भएपछि पोर्चुगलमा रहेका नेपाली समुदायहरू फ्रान्स स्थित नेपाली राजदूवासमा गएर सेवा लिइरहेका थिए ।

पोर्चुगलमा रहेका विभिन्न संघ संस्थाहरूको पहलमा अवैतनिक महाबाणिज्य दूतावास बन्द भएपछि फ्रान्स स्थित नेपाली राजदूवासबाट घुम्ती कन्सुलर सेवाका लागि टोली दुईपटक पोर्चुगल आई सेवा प्रदान गरेको थियो ।

पहिलो पटक नेपाल सरकारले पोर्चुगलका लागि सलिन नेपाललाई पहिलो राजदूत तोकेको थियो, नेपालमा सत्ता परिवर्तन भएसँगै नेपाल सरकारले नेपाललाई फिर्ता बोलाएर उनलाई स्पेनको लागि राजदूत तोकेको थियो भने पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई पहिलो राजदूत तोकेको हो ।

नेपाल सरकारले पौडेललाई राजदूतको जिम्मा लगाइसकेपछि नेपाल सरकारले तोकेको छ महिना सम्म राजदूत पोर्चुगलमा नआएपछि पोर्चुगलमा रहेको नेपाली जनताहरूमा निराश छाइरहेको थियो ।

राजदूतका लागि दुई कर्मचारी द्वितीय सेक्रेटरी रामबाबु नेपाल र तृतीय सेक्रेटरी अनील राना पोर्चुगल आई दुई कर्मचारीले फ्रान्स स्थित नेपाली राजदूवास सँग सहकार्य गरी घुम्ती सेवा शिविर सञ्चालन गरेको थियो ।

त्यस्तै घुम्ती सेवा शिविर सञ्चालन गरेको केही दिनपछि पोर्चुगलमा पहिलोपटक अप्रिल १६ तारिखबाट औपचारिक रुपमा राजदूवास संचालनमा आएको हो ।

पोर्चुगलका लागि द्वितीय सेक्रेटरी रामबाबु नेपाल सँग लिएको केही भलाकुसारीहरू :

1). राजदुतावास अप्रिल १६ बाट सुरु भएसँगै मे १६ सम्म आइपुग्दा एक महिनाको बीचमा कतिवटा प्रहरी रिपोर्टहरूमा छाप लगाउनुभयो ?

हामी पोर्चुगल आएपछि सुरुमा त हामीलाई राजदुतावास स्थापनाको लागि गर्नुपर्ने प्रक्रियाहरुमा निकै समय लाग्यो, हामीले राजदुतावास सुरु गरेसँगै १ महिनाको अन्तरालमा ५ हजार ३ सय भन्दा धेरै प्रहरी रिपोर्टहरुमा छाप लगाएका छौं ।

2). पोर्चुगलमा दूतावास स्थापना गराएर तपाईहरुले सेवाग्राहीहरूलाई, सेवा दिइरहँदा कस्तो महसुस गर्नु भयो ?

हामी यस्तो समयमा पोर्चुगल आयौं। जुन समयमा हामीले सेवाग्राहीहरुलाई समयमा सेवा दिन सकेनौँ। किनभने दूतावास स्थापना गर्नको लागि गर्नुपर्ने प्रक्रियाहरुमा निकै समय लाग्यो। त्यसकारण दूतावास स्थापना भएपछि हामीले सेवाग्राहीहरुलाई सेवा दिन पाउँदा हामी एकदमै खुसी भएका छौ, उनले भने ।

3). प्रहरी रिपोर्ट बाहेक अरु (certificate, जन्मदर्ता) लगायत अरु कागजपत्रहरूमा कति छाप लगाउनुभयो ?

हामीले प्रहरी रिपोर्ट लगायत अरु थुप्रै कागजपत्रहरूमा पनि काम गर्दै आइरहेका छौं । कामको दौरानमा हामीले सबैभन्दा पहिला प्रहरी रिपोर्ट र अरु कागजपत्रहरुलाई प्राथमिकता दिएर काम गरेका छौं । त्यसैले प्रहरी रिपोर्ट लगायत अरु थुप्रै कागजपत्रहरूमा पनि हामीले ३० देखि ३५ वटा कागजपत्रहरूमा छाप लगाएका छौं । साथै प्रहरी रिपोर्ट बाहेक ६ सय  भन्दा धेरै पारिवारिक कागजपत्रहरूमा छाप लगाएका छौं ।

४). दूतावास स्थापना भएर काम सुरु गर्दा र अपोइन्टमेन्ट सिस्टम लगाइसकेपछि काम गर्दा कतिको सहज महसुस गर्नुभयो ?

हामीले औपचारिक रूपमा अप्रिल १६ बाट दुताबास सुरु गरे पनि हामीले अप्रिल १८ तारिखदेखि सिस्टम लागू गरेका थियौं । अप्रिल १६ देखि सञ्चालन गरेको दूतावासमा सेवाग्राहीहरूको संख्या निकै भिड देखिएको कारणले हामीले दुई दिनपछि अपार्टमेन्ट सिस्टम लागू गरेको हौँ । पक्कै पनि अपोइन्टमेन्ट सिस्टममा काम गर्दा निकै सहज र सजिलो भएको छ । तैपनि सेवाग्राहीहरू अझै रातिदेखि आएर लाइन बस्नुहुन्छ । हामीले टाढाबाट आउनुभएका सेवाग्राहीहरूलाई प्राथमिकता दिएर काम गरिरहेका छौं ।

५). दुताबासबाट अब कहिलेदेखि राहदानी अर्थात् पासपोर्टको सेवा सुरु हुन्छ ?

पहिलोपटक पोर्चुगलमा दुताबास स्थापना भएको कारणले गर्दा प्राविधिक सामानहरूको व्यवस्थापन गर्नुपर्ने र अहिले प्राथमिकता प्रहरी रिपोर्ट भएकाले हामीले राहदानीको सेवा दिन केही समय लागेको थियो । अब हप्ता दश दिनभित्र हामीले राहदानी अर्थात् पासपोर्टको पनि सेवा सञ्चालन गर्ने भएका छन् । तसर्थ प्राविधिक सामानमा हामीले भनेको समयभन्दा एक दुई दिन तलमाथि हुन सक्छ, उहाँले भन्नुभयो ।

६). दूतावास सुरु भएको एक महिना पुगिसक्दा पनि अहिलेसम्म राष्ट्रिय झण्डा दुतावासको अगाडि राख्नुभएको छैन, दूतावास कहिलेदेखि व्यवस्थित हुन्छ र कहिलेदेखि हामीले दूतावासको अगाडि राष्ट्रिय झण्डा देख्न पाउँछौं ?

पहिलोपटक पोर्चुगलमा दुताबास स्थापना भइरहँदा, हामीले दूतावासको अगाडि राष्ट्रिय झण्डा भन्दा पनि सेवाग्राहीहरूको मर्कालाई बुझेर काम गरेका हौँ । हामीले सेवाग्रहलाई दिन आएको सेवा दिन पाउँदा हामी खुसी छौं । सम्भवत एक दुई दिन हामीले दूतावासको अगाडि चन्द्र सूर्य राष्ट्रिय झण्डा समेत राख्ने छौँ ।

७). फ्रान्स दूतावासबाट छाप लगाएर आएको प्रहरी रिपोर्ट कतिवटा वितरण गर्नुभयो ?

दूतावास स्थापना हुनुभन्दा अगाडि र स्थापना भएपछि पनि फ्रान्स दूतावासबाट छाप लगाएर आएको प्रहरी प्रहरी रिपोर्टहरू हामीले वितरण गरिरहेका छौं । उक्त प्रहरी रिपोर्ट लिन आउनको लागि लाइन बस्नुपर्ने अपोइन्टमेन्ट लिनुपर्ने सिधै आएर आफ्नो नाम र सिरियल नम्बर भन्नुभयो भने हाम्रा साथीहरुले उक्त प्रहरी रिपोर्ट खोजेर दिनुहुनेछ ।

८). सेवाग्राहीहरुलाई सेवा दिइरहँदा तपाईँहरूलाई कुनै कुरामा चित्त नबुझेर, म यो काम गर्दिन भनेको त्यस्तो कुनै अनुभव छ ?

त्यस्तो त छैन, किनभने हामीले सेवाग्राहीहरुलाई सेवा दिन आएपछि हाम्रो कर्तव्य पूरा गर्नुपर्छ । हामीलाई पटकपटक आफ्नो अफिसियल फेसबुक पेजबाट सूचना प्रकाशित गर्दै रातिदेखि आएर लाइनमा नबस्नु होला। दुदाबास आउँदा अपोइन्टमेन्ट लिएर आउनुहोला भनेका छौँ तर पनि कति सेवाग्राहीहरुले उक्त कुरालाई अवस्था नगरेर रातिदेखि आएर लाइन बस्नुहुन्छ ।

९). राजधानी लिस्वान भन्दा टाढाबाट आएका सेवाग्राहीहरूलाई प्राथमिकता दिनुभएको छ कि छैन ?

हामीले राजधानी लिस्बनभन्दा बाहिरका सेवाग्राहीहरुलाई सुरुमा प्राथमिकता दिएर काम गरिरहेका छौं । पोर्चुगल ठूलो भएकाले हामीले लिस्बनभन्दा टाढाबाट आएका सेवाग्राहीहरुलाई सुरुमा प्राथमिकता दिएर नै काम गरिरहेका छौं ।

१०). दूतावास सुरु भएसँगै १ महिनासम्म आइपुग्दा तपाईहरुले सेवाग्राहीलाई भन्नुपर्ने केही सुझाव र हामीलाई भन्नुपर्ने केही सल्लाह अथवा सुझाव छ भने भन्नुहोला ?

हामीले पटकपटक आफ्नो अफिसियल फेसबुक पेज मार्फत सूचना प्रकाशन गर्दै सेवाग्राहीहरुलाई सहज र सजिलो बनाउनको लागि अपोइन्टमेन्ट सिस्टम लागु भनेका छौं । कृपया दूतावास आउनुभन्दा अगाडि समाचार र हाम्रो अफिसियल फेसबुक पेजमा भनेका कुराहरुलाई ध्यान दिएर आउनको लागि अनुरोध गर्न चाहन्छौं ।

Leave a Reply