Home Login
खेलकुद

युइएफए नेसन्स लिग अन्तर्गत : जर्मनीलाई २-१ ले हराउँदै पोर्चुगल फाइनलमा

पोर्चुगल — युइएफए नेसन्स लिग अन्तर्गत : जर्मनीलाई घरेलु मैदानमा २-१ ले हराउँदै पोर्चुगल फाइनलमा प्रवेश गरेको छ ।

बुधवार राती सम्पन्न पहिलो सेमिफाइनलतर्फ पोर्चुगलले जर्मनीलाई घरेलु मैदानमा २-१ ले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

म्युनिख शहर स्थित आलियान्ज एरिनामा भएको खेलको ४८ औं मिनेटमा फ्लोरियन विर्जको गोलबाट जर्मनीले खेलमा अग्रता बनाएको थियो ।

त्यस्तै, खेलको ६३ औं मिनेटमा फ्रान्चिस्को फर्नान्डेजले पोर्चुगलका लागि बराबरी गोल फर्काए भने ६८ औं मिनेटमा रोनाल्डोले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा प्रवेश गराएका हुन् ।

४० वर्षे रोनाल्डोको यो करियरको ९३७ औं र देशका लागि १३७ औं गोल समेत थियो । पोर्चुगलले अब शुक्रबार राती हुने दोस्रो सेमिफाइनलतर्फ स्पेन र फ्रान्स बीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल म्युनिख मै जुन ८ तारीखका दिन हुनेछ ।

Leave a Reply