निकोसियामा मन्दिर स्थापना

साइप्रस/प्रकाश बराइलीसाइप्रसको राजधानी निकोसियामा गएको कृष्ण जन्माष्टमीमा भब्य मन्दिर स्थापना भएको राजधानीको सोलोमोस बसपार्कको अगाडी रहेको भारतीय ग्रोसरी (VAMA SHOP) रहेको घरको माथीको तलामाश्री राधे कृष्ण कम्युनिटीसेन्टरनमाङ्गकरण गरि भारतीय ब्याबसायी आशुतोष मेहोत्राले आफ्नो आमा, स्वा: शकुन्तला त्रिलोकनाथ मेहोत्राले साइप्रसमा रहदा मन्दिर स्थापना गर्ने इच्छा राख्नु भएको उहाकै मनोकामना अनुरुप उहाकै नाममा कृष्ण जन्मअष्टमी २०२३ को दिन शुभ साइतमा विधि, प्राण प्रतिष्ठा अनुरुप  मन्दिर स्थापना गर्नुभएको हो

युरोप महादेशमा अवस्थीत क्रिस्चियन कम्युनिटीको बाहुल्यता रहेको सानो देश साइप्रसमा बसोबास गर्ने हिन्दु समुदाय सनातन धर्मप्रती आश्था राख्ने भक्तजनहरुको लागी  सनातन धर्म, पुजा पाठ, भगवान प्रतिको बिश्वास, आफ्नो रिति रिवाज परम्परा देखी टाढा हुनुनपरोस  साथै मानव जीवनमा धर्म, सस्कृति, भगवान प्रतिको बिश्वासले सधै सकारात्मक उर्जा प्रवाह रहिरहोस भन्ने मनासायका साथइङ्ग्ल्याण्ड देखी जना आचार्य जी हरु (गुरुहरु) लाइ निमन्त्रणा गरि मन्दिर स्थललाई शुद्दिकरण गरि लगातार दिन सम्म पुजा पाठआरती लगायतका बिधि , प्राण प्रतिष्ठाका साथ मन्दिर स्थापना गरिएको संस्थापक आशुतोष मेहोत्राले जानकारी दिनुभयो

मन्दिरमा हरेक साझ बिधि पुर्वक पुजा पाठ भजन कृतन, आरती  भईरहेको हरेक आइतबार बिहान १०:३० देखी दिनको ०१:०० बजेसम्म पुजा पाठ, आरती हुने सहभागी भक्तजनहरुलाई प्रसाद तथा खाजाको पनि ब्यावस्था रहेको साथै मन्दिरको समिति संगसमन्वय गरेर जन्मदिन, बिवाह, इन्ग्गेज्मेंट, पितृको नाममा कुनै पुजा पाठ जस्ता पबित्र कार्यक्रमहरु पनि मन्दिरमा गर्न सकिने संस्थापकआशुतोष मेहोत्राले जानकारी दिनुभयो

मानव जीवनको हरेक परिस्थितिहरुमा सकारात्मक बाटो देखाउने, कर्तव्य दायित्वमा बाधेर सकारात्मक कर्म गर्न प्रेरित गर्ने आश्थाकोकेन्द्र धर्मलाई मन मन्दिरमा सधै उजागर गर्नको निमित्त यति पबित्र स्थलमन्दिरस्थापना गरि सनातन धर्म प्रती आश्था राख्ने समुदायको लागि भगवानको दर्शन गर्ने अवसर प्रदान गर्नु भएकोमा मन्दिर संस्थापक लाई साइप्रसमा बसोबास गर्ने सम्पुर्ण नेपाली समुदाय तथा युरोप गतिविधि मार्फत हार्दिक आभार प्रकट गर्दछौ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *