Home Login
गैरआवासीय नेपाली संघ

मत परिणामलाई लिएर विवादपछि एनआरएनएको परिणाम नै रद्द (विज्ञप्ती-सहित)

काठमाडौं गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन मत परिणामलाई लिएर विवाद उत्पन्न भएको

विवादपछि निर्वाचन समितिले विज्ञप्ती जारी गर्दै परिणाम नै रद्द गरिएको जनाएको निर्वाचनको प्राबिधिक पक्ष समालेको संस्थाभेरो संग छलफल गरि निर्वाचन समितिले छानविन अनुसन्धान गरेर मात्रै नतिजा सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख  

यता अध्यक्षमा उम्मेदवारहरु आर के शर्मा महेश कुमार श्रेष्ठले पनि सिस्टम ह्याकको आरोप लगाउँदै नतिजा अस्वीकार गर्ने घोषणा गरेका छन्

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदले अनलाइन भोटिङका लागि अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीलाई जिम्मा दिएको थियो कम्पनीले इमेलबाट पठाएको विवरण प्राप्त हुनासाथ पाँच सदस्यीय निर्वाचन कमिटीले नतिजा सार्वजनिक गरेको थियो

निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाममा बद्री केसी विजयी भएको घोषणा गरिएको थियो

उपाध्यक्षका एक उम्मेदवार डा.केशव पौडेलको काठमाडौंबाट प्राप्त मत भने शून्य देखिएपछि निर्वाचनको विश्वसनीयतामा प्रश्न उठेको थियो

उनीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर नतिजा अस्विकार गर्न ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन्

Leave a Reply