एनआरएनको निर्वाचनमा झाक्रीको भनाइ बारे संचारकर्मी पुस्तक रेग्मीले आफ्नो विचार फेसबुकमा राखेका छन् ।
साभार : संचारकर्मी पुस्तक रेग्मीको फेसबुक
मेरो विचार / सन्दर्भ झाक्रीको भनाइ : हो म रातो पासपोर्टको लागि विदेश आएको हो । र अब खुसी सँग म रातो पासपोर्ट लिन्छु पनि । किनकि म नेपाल मा ४ बर्ष कलाकारगरे २ बर्ष पत्रकार गरे मलाई एउटा सानो काममा पनि पावर चाइने आफ्नो देशमा केही गर्छु भनेर कति लगानी गरे तर के पाएँ त खै ?
पत्रकार गरेका लाई त ठाउँमा पावर चाइने अनि सोझा जनताले के गर्नु पर्ला । खबैले आफ्नो ठाउँमा बसेर हेर्नु त म किन प्रदेश आएको भनेर ?
म अहिले पनि विदेशमा पनि आफ्नो मन देखि पत्रकारीता गरिरहेको छु । मलाई कसैको चाकडी गर्नु आबश्यक पर्दैन पनि ।
म जस्तो आफ्नो देशमा केही गर्छ भनेहरु कति छन् कति म त एउटा उदाहरण हो ?
तपाई आफै भन्नू न तपाई नेपालमा केही गर्छु भनेर कति बर्ष केही लगानी गर्नु भयो होला । तर देशको वातावरण देखेर विदेश आउँनुभयोको होइन ?
मलाई अहिले प्रदेश ठिक लाग्छ । नेपालमा अब गएर केही गर्छु भने पनि वातावरण नै मिल्दैन । अनि ।
केही कुराहरु NRNA का साथीहरु को पनि ठिक हो तर केही कुराहरु झाक्रीको पनि ठिक हो ।
म गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्य पनि लिएको छु तर मैले हाम्रो साथीहरु ठिक छैन् झाक्री ठिक छ भन्नू खोजेको होईन । भिडियो तपाईंले पनि हेर्नु भयो होला । फरक के हो तपाई आफै भन्नू होला ।
विदेशमा बसेर फेस्बुकमा लामो लामो स्टार्टस लेखेर देशको चिन्ता भए जस्तो गर्नेहरु लाई केही भन्नू छैन् ।
मैले खराब भन्न खोजेको होईन तर खबै कुरा झाक्री को पनि ठिक छैन् र हाम्रो NRNA को साथीहरु को पनि ।
मेरो विचार , कृपया राम्रो मनले बुझनु होला नराम्रो मनले नबुझ्नु होला ।