Home Login
प्रविधि

पोर्चुगल र साइप्रसको ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बन्यो : ‘जाने भए जाम माया’

पोर्चुगल — दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले विश्वभर युट्युब भ्यूजमा उछाल ल्याइरहेको छ ।

नेपालमा यो गीत दुई दिनसम्म आइपुग्दा ३६ लाख ६५ हजार ९ सय ९० भ्यूज पाएर चौबिस घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको युट्युब कीर्तिमान रचिसकेको छ ।

त्यस्तै यो गीतले शुक्रबार युट्युबमा अर्को कीर्तिमान रचेको छ । यो गीत युरोपेली मुलुक पोर्चुगल, साइप्रस र माल्टाको युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । यो गीत युरोपली मुलुक साइप्रस र पोर्चुगलमा पहिलोपटक नेपाली गीत ट्रेन्डिङमा पर्न सफल भएको हो । यसअघि कुनै पनि नेपाली गीत ‘युरोपेली मुलुक पोर्चुगल र साइप्रस’को ट्रेन्डिङमा आउन सकेका थिएनन् ।

पोर्चुगलमा यो गीत युट्युब ट्रेन्डिङको १३ औं स्थानमा छ । त्यस्तै साइप्रसमा युट्युब ट्रेन्डिङ ६ औं स्थानमा र माल्टाको युट्युब ट्रेन्डिङ पहिलो स्थानमा रहेको छ । यो सबै गीत संगीत खण्डतर्फ ट्रेन्डिङमा रहेको हो ।

यो समाचार लेख्दासम्म यो गीत अस्ट्रेलियामा ट्रेन्डिङ २ मा, क्यानडामा २१, युएईमा २, कतारमा २, कुवेतमा ३, बेलायतमा ९ र नेपालमा संगीत खण्डतर्फ पहिलो स्थानमा उक्लिएको छ ।

यदि यो ट्रेन्डिङ कायम रहे, यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा आउन मुस्किल छैन ।

Leave a Reply