काठमाडौं — नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ ।
सोही क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको महिला हिंसा र दाइजो प्रथा बिरुद्दको एक सशक्त आबाज रहेको नयाँ तीज गीत ‘खेतला’ सार्वजनिक भएको छ ।
यस गीतमा शब्द , संगीत तथा सर्जक ढकालको रहेको छ भने ढकाल संगै माया दर्नाल ,दिपकला थापा ‘रिम्पल’, कृष्ण लामिछानेको स्वर रहेको छ ।
लक्ष्मण श्रेष्ठको निर्देशन रहेको गीतमा मारुभूमि नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बिनोद ढकाल , सुशीला निरौला (बिमली) गणेश एसी (क्वाके) रोमा बिष्टको अभिनय रहेको छ । यस गीतलाई बिनोद ढकाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुस् भिडियो :