फ्रान्स — चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोपेली मुलुक फ्रान्स पेरिस आउने भएकी छिन् ।
नेपाली लोक तथा दोहोरी गीत फ्रान्सको आयोजनामा अगस्ट १७ तारिख फ्रान्सको राजधानी पेरिसमा हुने नेपाली महिलाहरूको महानचाड हरितालिका तीजको अवसरमा ‘तीज धमाका २०२५’ को कार्यक्रमको लागि उनी फ्रान्सको राजधानी पेरिसमा आउने भएका हुन् ।
चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारसँगै लोकदोहोरी गायक रबिन लामिछाने, सन्जय थापा मगर लगायत स्थानीय कलाकारहरूको समेत बेजोट प्रस्तुति रहनुभएको छ ।
मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका शान्ति श्री परियार कार्यक्रमको लागि युरोप आउने भएकी हुन् । उनको कार्यक्रम फ्रान्स लगायत युरोपको विभिन्न देशहरूमा समेत हुने भएको छ ।
कार्यक्रम फ्रान्सको राजधानी पेरिस स्थित 14 RUE GEORGES POLITZER 93120, LA COURNEUVE हलमा हुने भएको हो । कार्यक्रम ३ बजे देखि राति १० बजे सम्म हुने भएको आयोजक नेपाली लोक तथा दोहोरी गीत फ्रान्सले बताएको छ ।
आयोजकका अनुसार, कार्यक्रमको टिकट शुल्क खाना सहित २० युरो रहेको छ । साथमा १० वर्ष मुनिका बालबालिकालाई निशुल्क व्यवस्था समेत गरिएको छ । उक्त कार्यक्रमको संयोजक गंगा आचार्य र राजु थापा मगरले गरेका छन् ।