साइप्रस — युरोपेली मुलुक साइप्रसमा क्रियाशील संस्था ‘शेर्पा किदुक साइप्रस’ ले दशौँ वार्षिक उत्सव तथा छैटौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन जुलाई २० तारिख आइतबार साइप्रसको दोस्रो ठूलो सहर लिमासोल स्थित केबाब एण्ड करि हाउसमा सम्पन्न भएको हो ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) साइप्रसको महासचिव दाता नन्द पाण्डेको विशेष आतिथ्यमा तथा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थितीमा दशौँ वार्षिक उत्सव तथा छैटौं महाधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष छिरिङ याङजोम शेर्पा र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) साइप्रसको महासचिव दाता नन्द पाण्डेले केक काटेर गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष आङ फुर्वा शेर्पाले दिनुभएको थियो ।
उक्त अधिवेशनबाट ङिमा लमु शेर्पा अध्यक्ष, पेम्बा शेर्पा उपाध्यक्ष, कान्डु शेर्पा महासचिव, लाक्पा ग्याल्छेन शेर्पा सचिव, पेमा शेर्पा कोषाध्यक्ष, फुरा याङजी शेर्पा सह कोषाध्यक्ष, छिरिङ याङ्जोम शेर्पा सल्लाहकार चयन भएका छन् ।
त्यस्तै सोनाम छोटी शेर्पा, मिङमार, ग्याल्बो शेर्पा, फुर्बा शेर्पा, सोनी शेर्पा, आङ सानु शेर्पा र जिबुटी शेर्पा सदस्यमा चयन भएका छन् ।
उक्त दशौँ वार्षिक उत्सव तथा छैटौं महाधिवेशनमा नयाँ कार्य समितिलाई मगर संघ साइप्रसका विवेक राना, अन्तर्राष्ट्रिय सेफ सोसाइटीका उपाध्यक्ष पियुस लामाले शुभकामना मन्तव्य समेत राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालन संस्थाका महासचिव आङ सानु शेर्पाले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत रोजगारी तथा अध्ययनको सिलसिलामा साइप्रस पुगेका शेर्पा समुदायका विभिन्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।